gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी प्रहरीले एक दिनमै २ क्विन्टल गाँजा नष्ट गर्‍यो, गाँजा फडानी अभियान शुरु

टोपलाल अर्याल
गुल्मी, १८ भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियान शुरु गरेको छ । अभियानको शुरुवात सदरमुकामबाटै भएको छ । प्रहरीले बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्कमा गरेर दुई क्विन्टल गाँजा नष्ट गरेको छ । केहि सार्वजनिक स्थल र व्यतिmले आफ्नो बारीको डिलमा हुर्काएका गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए ।

gulmi poilice gaja
लागुऔषध ओसार पसार छैन, प्रयोगकर्ता बढ्दै
जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान संचालन गरेको प्रहरी नायव उपरिक्षक थापाले बताए । अहिले थापाकै कमाण्डमा प्रहरी टोलीले अनुगमन तथा सुचना संकलन गरिरहेको छ । बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिन उनले बताए । ‘जिल्लामा व्यावसायीक रुपमा गाँजा खेती छैन, तर प्रयोकर्ता प्रहरीको हिरासतमै उदाहरणका रुपमा छन्, थापाले भने,’ बिस्तारै सचेतना र कार्बाहि बढाउनुपर्छ ।’ आफ्नो वरीपरी कहिँकतै व्यति वा सार्वजनिक स्थलमा गाँजा खेती गरिएको भए प्रहरीलाई तुरुन्त जानकारी दिन निमित्त प्रहरी प्रमुख थापाले आग्रह गरे ।

स्थानीय भन्छन् ःऔषधी, प्रहरी भन्छ ः बाहाना
गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने बताएको छ । जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

बालबालिका समेत संलग्न
अहिले जिल्लामा यसका प्रयोगकर्ता बढदै जान थालेका छन् । जिल्लाका विभिन्न होटल, चोक र गल्लीहरुमा गाँजा सेवन गर्नेहरु बढ्दै गएको गुनासा आउन थालेपछि प्रहरी थप सक्रिय भएको छ । बाटोमा हिडने सडक बालबालिका, तथा बालश्रमिकहरु पनि दुव्र्यसनीमा फस्दै गएका छन् । ‘साना बालबालिकाहरु नसामा लट्ठिएर चोकहरुमा बसेका भेटिन्छन्,’तम्घासका बिनोद प्रसाद पाण्डेयले भने,’ यो भोलीको लागी चुनौति हो, अभिभावक बेलेमा चनाखो बन्नुप¥यो ।’ शनिबार चोरीको आशंकामा ल्याइएका पाँच जना बालकहरु नै कुनै न कुनै दुव्र्यसनीमा फसेका थिए । ‘सवै बालबालिका अभिभावको गैर जिम्मेवारीका कारण कुलतमा फसेका छन्,’प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले भने,‘ बुझदै जाँदा उनीहरुले चुरोट, रक्सीदेखि सुलेक्सन समेत सेवन गर्ने गर्दछन् ।’

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D