gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा दलहरू चुनावी चटारोमा, यि हुन् गुल्मीबाट उम्मेदवारको लागि चर्चामा रहेका नाम

घनश्याम गौतम
आश्विन १७ । दसैं सकिएलगत्तै राजनीतिक दलका नेता कार्यकर्तालाई चुनावी चटारो सुरु भएको छ । केन्द्र र प्रदेशको चुनावका लागि उम्मेदवार तोक्ने समय नजिएकाले दलका नेताको पनि दसैंलगत्तै दौडधुप सुरु भएको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेश क्षेत्र रहेको जिल्लामा एमाले, कांग्रेस र माओवादी केन्द्रका सम्भावित नेताको चुनावी चटारो बढेको हो ।

एमालेले मंगलबारसम्ममा प्रदेशका लागि सम्भावित उम्मेदवारको नाम क्षेत्रमा सिफारिस गर्न समय तोकेको छ । त्यसले जिल्लाभरका एमाले नेता कार्यकर्ता आफ्नो नाम सिफारिसमा पार्न दौडधुपमा छन् । छलफल र बैठक चल्न थालेका छन् । एमालेले सोमबार जिल्लामा सचिवालय बैठक गरी सबै प्रदेशका सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।
कांग्रेस र एमालेमा उम्मेदवारका आकांक्षी धेरै छन् । केन्द्रका दुई प्रदेशमध्ये क्षेत्र १ मा एमालेबाट प्रदीप ज्ञवालीको मात्र नाम चर्चामा छ । कांग्रेसबाट चन्द्र भण्डारी र कृष्ण छन्तेल चर्चामा छन् । माओवादी केन्द्रबाट सुदर्शन बलालको नाम अगाडि छ ।

gulmi chunab newsत्यस्तै क्षेत्र २ मा एमालेबाट गोकर्ण विष्टको एकल नाम चर्चामा छ । कांग्रेसको क्षेत्रीय समितिले चन्द्र केसी, रुद्रमणि शर्मा भण्डारी र शालिकराम पन्थीको नाम सिफारिस गरिसकेको छ । माओवादी केन्द्रबाट दिनेश शर्मा र टंक पोखरेलको नाम चर्चामा छ । त्यस्तै, प्रदेश सभाका लागि चन्द्रकोट, कालिगण्डकी, सत्यवतीसहितको क्षेत्रबाट कांग्रेसका पार्टी उपसभापति विष्णु बलाल, पत्रकार जगदीश भट्टराई र हरि भण्डारी, एमालेका टीकाराम सापकोटा, गिरिराज भण्डारी, टीकाराम पाण्डे, चिन्तामणि पाण्डे, माओवादीका सिर्जना तरामु र युवराज केसीको नाम चर्चामा छ ।

रुरु, छत्रकोट, गुल्मी दरबारसहितको क्षेत्रबाट कांग्रेसका श्रीप्रसाद भलामी, मोहन ज्ञवाली, योगराज कँडेल, एमालेका कमल श्रेष्ठ र माओवादीका अशोक थापा चर्चामा छन् । त्यस्तै रेसुंगा, इश्मा र मुसिकोटबाट कांग्रेसका खिलध्वज पन्थी, दामोदर भुसाल र भगतसिंह खडका, एमालेका खड्ग केसी, जीवन खरेल, हीरा एसी, गणेश श्रीपाली र माओवादी केन्द्रका धर्म विश्वकर्मा र खुमबहादुर थापा र धुर्कोट, मालिका, मदानबाट कांग्रेसका छन्दबहादुर पहराई, प्रेम भण्डारी र महेन्द्र भण्डारी, एमालेका नारायण पोखरेल, राजेन्द्र अर्याल, नरेश भण्डारी र माओवादीका बुद्धि जीसीको नाम चर्चामा छ ।

कांग्रेसले क्षेत्र दुईको केन्द्र र प्रदेशका लागि नाम सिफारिस गरिसकेको क्षेत्रीय सभापति भगतसिंह खडकाले बताए । ‘हाम्रो नाम सिफारिस भएर पनि दौडधुप सुरु भइसकेको छ,’ उनले भने, ‘आइतबार नै बैठक बसेर सिफारिस गरेका हौं ।’ एमालेका पूर्वजिल्ला अध्यक्ष कमल श्रेष्ठले पनि पार्टीका सबै तहमा छलफल सुरु भइसकेको बताए । ‘छलफल तीव्ररूपमा भएको छ,’ उनले भने, ‘केही दिनभित्रै सबै क्षेत्रका उम्मेदवारको नाम केन्द्रमा पठाइनेछ ।’ माओवादी केन्द्रले दसैंअघि नै पदाधिकारी स्तरमा छलफल सकेर थप तयारीका लागि स्थानीय तहमै नेता कार्यकर्ता खटाइसकेको छ । अन्य साना दल राप्रपा, जनमोर्चाले पनि उम्मेदवारका लागि छलफल सुरु गरिसकेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D