gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका कर्ण सार्कीमाथी भएको कुटपिट जातीय विभेद हो : संयुक्त अनुगमन टोली

manjit tamrakar
काठमाडौं, १९ साउन । संयुक्त अनुगमन टोलीले गत असार २४ गते गुल्मी मुसिकोट नगरपालिका वडा नं. ४ हलोगाडे निवासी कर्णबहादुर सार्कीमाथि भएको निर्घात कुटपिट जातीय विभेदको पराकाष्ठा भएको दाबी गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा संयुक्त अनुगमन टोली, राष्ट्रिय दलित आयोग, दलित नागरिक समाज, संयुक्त राजनितिक दलित संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो ।

अनुगमनका संयोजक मञ्जित ताम्राकारले पीडित सार्कीमाथि निर्घात् कुटपिटमा संलग्न शोभा कार्की र नीजको छोरा कृष्ण कार्कीलाई हदैसम्मको कारवाही गरिनुपर्ने माग गरे ।

उनले भेन,‘हामीले यही साउन ५, ६, ७ र ८ गते गुल्मी जिल्लास्थित पीडित र पीडक पक्षहरुको घरका सदस्यहरुसँगै स्थानीय वासिन्दासँग घट्नाका सम्बन्धमा सत्य तत्थ्य बुझेका छौँ, मुचुल्का उठाएका कुरा सबै हामीले बुझ्यौँ, अन्ततः यो घटना बिशुद्ध जातिय विभेद भएको पुष्टि भएको छ।’

संयोजक मञ्जित ताम्राकारले अघि थपे,‘हाम्रो एउटै माग दोषीलाई कडा कारवाही हुनुपर्छ, हाम्रो अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार सरकारले दोषीलाई कानुन बमोजिम कारवाही गरोस्।

उनले भने,‘अब सरकारले कडा भन्दा कडा कारवाही गर्न नसक्ने हो भने यस्ता दुःखद् घट्ना फेरी पनि दोहोरिन्छन्, यस्ता घट्ना नदोहोरिनको लागि दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्छ अनिमात्र यस्ता घटना कम हुन्छन्।’

गत असाढ २४ गते पीडित कर्ण बहादुर सार्की विहान उठेर मिठु नेपालीको लागि बजारबाट चामल लिन गएको र फर्किंदा बाटोमा रहेको शोभा कार्कीको पसलमा तीन गिलास रक्सी पिएपछि उत्पन्न पस्थितिको परिणामबाट घटेको उक्त घट्ना सार्कीले खाएको भाडा नधोएको भन्दै उनीमाथि हातपात भएको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D