gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

इस्माकोटमा यसरी धुमधामका साथ फुलपाती भित्राइयो (फोटो फिचर)

टोपलाल अर्याल
गुल्मी, ११ असोज । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने इस्माकोतका मुल पुजारी भिमकान्त अर्यालले बताए ।

फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्राइदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देबीलाई पुजा गरिन्छ । घटस्थापनाकै दिन देखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ । इस्माकोतमा इस्मा रजस्थलको चाँपटारीबाट ल्याइएको फुलपाती कोत घरमा भित्राउने चलन रहेको छ । फुलपाती भित्राउनु अघि इस्मा मैदानमा परम्परागत पट्टा नाच खेल्ने र मैदानकै खडग मन्दिरमा रहेका देवतालाई बाजागाजाका साथ माथी कोतघरमा भित्राइने मनकामना पुजा समितिका अध्यक्ष लक्ष्मण बिष्टले बताए ।

पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच लोप हुँदै गएको छ । साथै मैदानमा देखिने स्थानीयहरुको उत्साह पनि कम हुँदै गएको छ । प्रसिद्ध ऐतिहासिक, प्राचिन तथा धार्मिक स्थल इस्माकोतमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि बिजया दशमीको दिनसम्म तीन जना ब्राहमण, दुई जना क्षेत्री पुजारी कोत घरमा पस्ने प्रचलन रहेको छ ।

नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका पञ्चेवाजाका साथ दर्शनी बडाई गर्ने गरिन्छ । कोतघरमा सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष मेला लाग्ने गर्दछ । भने बिजया दशमीका दिन बिहान फुलपातीका दिन कोतघरमा लगिएका खड्ग देवतालाई पुन इस्मा मैदान ल्याएर सडग मन्दिरमा राखेपछि दशै सकिने मेला सम्बन्धि जानकार श्यामलाल अर्यालले बताए । भने एकादशीका दिन इस्मा मैदानमा सरायँ नाच देखाइन्छ ।


इस्मा क्षेत्रका माई मनकामना, उल्का, सिद्ध, काल भैरव, छत्रभुमि, सुन्तलादेवि, सुपा देउराली लगायतका स्थानमा दशै अवधिमा पुजा हुने गर्दछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D