gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ: कानून मन्त्री थापा

काठमाडौँ, साउन २१ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी छ । ” yagya bahadur thapa
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा उठेका जायज मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनमा सहयोग पु¥याउनुपर्छ भन्दै उहाँले संशोधनका लागि आवश्यक वातावरण बनाउन सरकारले प्रयत्न गरिरहेको छ भन्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र गणतन्त्र कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयलाई धेरै कानून निर्माण गर्नुपर्ने दायित्व रहेको बताउँदै मन्त्री थापाले त्यस क्रममा ५१ वटा विधेयक पारित गरी ऐन, कानून निर्माण भइसकेको जानकारी दिनुभयो ।
प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अब मुलुकमा ७५ होइन, ७७ जिल्ला नै कायम हुन्छ, त्यसमा ढुक्क रहनुहोस् ।” रासस

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D