Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कर्मचारी अभावले समस्या परेको छ, आठ वटै वडामा वडा सचिव हुनुहुन्न: दोर्ण खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष - Gulminews

कर्मचारी अभावले समस्या परेको छ, आठ वटै वडामा वडा सचिव हुनुहुन्न: दोर्ण खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष

गुल्मीका १२ स्थानीय तहहरुमध्ये चन्द्रकोट गाउँपालिका पनि एक हो । जनतालाई छिटो–छरिदो सेवा दिने भनी संघियता कार्यान्वयनको चरण अन्तगत स्थानीय तह गठन गरिएतापनि चन्द्रकोट गाउँपालिका भने सचिवविहिन बनेको छ । भएको कर्मचारी सबै समायोजनमा गएपछि सचिवविहिन गाउँपालिका बन्न पुगेको हो । तरपनि गाउँपालिकाले समृद्ध गाउँपालिका बनाउने लक्ष्य भने जारी राखेको छ । प्रस्तुत छ, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीसँग हुमाकान्त पोखरेलले गरेको कुराकानी:

यो पनि पढ्नुस्: यसपाली राम्रा काम गरेनौँ भने जनताको नजरमा कहिल्यै राम्रो बन्न सक्दैनौं: भूपाल पोखरेल, धुर्कोट गापा अध्यक्ष

१. गाउँपालिकाको अहिले सम्म गरेका मुख्य काम बताइदिनुस न ।
हामिले सुशासनमा जोड दिएका छौ । सर्वप्रथम त कार्यालय स्थापना हुँदा र त्यसको व्यवस्थापनमा नै धेरै समय खर्च भयो । त्यसपछि पनि थुप्रै काम गरेका छौ । शिक्षा क्षेत्रमा सवै विद्यालयमा वाल विकास केन्द्रलाई नयाँ ढङ्गले व्यवस्थापन गरेका छौ । विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन सवै विद्यालयमा विधुतीय हाजिरी जडान, कम्युटर र प्रिन्टर वितरण, एक विद्यालय एक बगैँचा निर्माण कार्यक्रम सम्पन्न गरिसकेका छौ । स्मार्ट स्वास्थ्य चौकी निर्माण, सवै स्वास्थ्य चौकीमा फर्निचर व्यवस्थापन, औषधी उपलब्धता, सुक्ष्म स्वास्थ्य शिविर लगायतका काम सम्पनन गरिसकेका छौ । त्यस्तै कृषि र पशुमा उत्पादन बढाउन आधुनिक औजारको वितरण गरेका छौ । सवै वडाबाट गाउँपालिका केन्द्र सम्म पुग्ने १÷१ वटा मुख्य सडकको स्तरोन्नती गरी पिच कार्य सुरुवात गरेका छौ । एक घर एक धारा निर्माण, पर्यटकिय र धार्मिक क्षेत्रको संरक्षण र संवर्द्दन कार्यक्रमहरु पनि संचालन भइरहेका छन् ।

२. गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफुले गरेका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पुरै सन्तुष्ट त को र कहिले हुन सकिन्छ र ! जनविश्वास टुटाउने काम गरिएको छैन । सकरात्मक छु । जनताले हाम्रो अध्यक्ष भनेर गर्व गर्ने अवस्था सिर्जना गर्ने कुरामा लागिपरेको छु ।

४. स्थानीय सरकार संचालनको मुख्य दायित्व के रहेछ ?
स्थानीय सरकार संचालनको मुख्य काम नै नागरिकलाई सेवा दिने हो । नागरिकको नजिकको सरकार भएकोले नै सेवा प्रवाहबाट नागरिकलाई सुखी र खुशी दिनु हो । ठूला ठूला भौतिक निर्माणको आशा देखाउनु भन्दा पनि स–साना कामवाट नै वास्तविक सुखी नागरिकमा आउने हुदाँ स्थानीय सरकारले यस्ता कुराहरुमा ध्यान पु¥र्याउनुपर्ने रहेछ ।

४. गाउँपालिकामा पर्याप्त मात्रमा कर्मचारी छन् कि छैनन् ?
५ नं. प्रदेशको शुरुबाटै सवैभन्दा थोरै कमैचारीबाट संचालित हो चन्द्रकोट गाउँपालिका । हाम्रो अवस्था संवेदनशील छ । अझ कर्मचारी समायोजन पछि त झन हाम्रो अवस्था निकै दयनिय भएको छ । आठ वटै वडामा वडा सचिव हुनुहुन्न । गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, सहलेखापाल र दुई जना खरिदार हुनुहुन्छ । प्राविधिक शाखामा करारका कर्मचारी हुनुहुन्छ । जम्मा ३६ जना कर्मचारी हुनुपर्नेमा गाउँपालिकामा अति न्यून मात्रामा कर्मचारी हुनुहुन्छ । जसले गर्दा जनतालाई सेवा दिन निकै कठिन परेको छ ।

५. कर्मचारी अभावले के र कस्ता काममा समस्या परेको छ ?
कर्मचारी अभावको मुख्य समस्या त बजेट कार्यान्वयनमा नै हो । मैले माथि भने जस्तै स्थानीय सरकारको पहिलो काम नागरिकलाई सेवा प्रवाह गर्नु नै हो । तर कर्मचारी अभावले चुस्त दुरुस्त काम गर्नमा असर पर्ने नै भयो । काम गर्ने कर्मचारी हुनुहुन्न । तर जनताले जनप्रतिनिधिले काम गरेनन् भन्छन् । यि र यस्तै समस्या खेप्दै आएका छौ ।

६. त्यसो भए अहिले कसरी काम चलाउनु भएको छ ?
गाउँ कार्यपालिकाको कार्यालयमा भएका कर्मचारीबाट वडा सचिवको पंञ्जिकरणको काम गर्न गराउनु पर्ने बाध्यता सार्है अप्ठयारो अवस्था सिर्जना भएको छ । एक कर्मचारीलाई विभिन्न शाखामा कामको जिम्मेवारी दिँदा समयमा काम सम्पन्न गर्न निकै गार्हो भएको छ । तथापी कर्मचारीलाई कार्यालयमै खाजाको व्यवस्थापन गरिएको छ । कार्यविधि नै बनाएर कर्मचारीलाई बढी समय काम गरेवापत ४० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था मिलाईएको छ ।

७. कर्मचारी ल्याउने बारे कहिँ कतै पहल गर्नुभएन ?
कर्मचारीको आकर्षणको लागि गरिएको प्रयास मथि नै उल्लेख गरियो । खास गरी हाम्रो जस्ता स्थानीय तह कर्मचारी समायोजनमा रोजाई नपर्नु नै समस्या हो भने लोकसेवा आयोगमा हाम्रा स्थानीय उत्पादन नहुनु अर्को समस्या हो । पहल गर्ने काममा कञ्जुस्याई गरिएको छैन तर समायोजनमा कर्मचारीले संघ, प्रदेश र सुगमका स्थानीय तह रोज्ने मौका पाउँदा समस्या सिर्जना भएको छ । यसको अर्थ कर्मचारीप्रति गुनासो पोखेको होइन तर राज्यले संघियताको सहि ढङ्गले कार्यान्वयनको लागि कर्मचारी आवश्यक मात्रामा पठाउनुपर्छ । यदि केन्द्रले पठाउन नसके स्थानीय तहलाई त्यो जिम्मेवारी दिनुपर्छ ।

८. केन्द्र सरकारको सहयोग कस्तो छ ?
माथिल्ला सरकारको सहयोग सकरात्मक नै छ । खास गरी भौतिक निर्माणमा सहयोग हुदै आएको छ । तर केन्द्र सरकारले समयमा कर्मचारी समायोजन प्रकृया नटुङ्गाएर थप कर्मचारीको भर्ना लोकसेवा मार्फत गर्ने कुरा छिटो गर्नु पथ्र्यो त्यो हुन सकिरहेको छैन । जसले धेरै स्थानीय तह र केहि प्रदेशलाई कर्मचारी अभाव भएको हो । त्यसैलाई केन्द्र सरकारको असहयोग भन्नु पर्छ ।

९. जनप्रतिनिधिहरु ठेक्कापट्टामै संलग्न भए भन्ने गुनासो छ नि ?
जनप्रनिधिको बिचमा ठूलो भिन्नता छ । तपाईले भने जस्तै विभिन्न कुरामा रमाउने जनप्रतिनिधि छन् । गाउँपालिका अध्यक्षको हिसावले यो ५ वर्षमा मेरो व्यक्तिगत सम्पत्ती मेरा कारणले थपियो भने मैले अख्तियारको दुरुपयोग गरेको ठहर्नुपर्छ र भष्ट्राचारी सावित हुनुपर्छ । त्यसैले मैले हाम्रो स्थानिय तह भित्र सवै जनप्रतिनिधिलाई हाम्रो आचरण, स्वभाव, जीवनशैली सरल हुनुपर्छ भन्ने कुरामा निर्देशित गरेको छु । संघियता महङ्गो भयो भन्ने प्रश्न गरिरहेको वेला हामी भत्तामुखी र सुविधाभोगी भइयो भने यो लोकतन्त्र प्रति जनताको धारणा नकरात्मक हुन्छ ।
वास्तवमा गाउँको नागरिकले हाम्रा हरेक व्यवहार हेरेर संघियता संचालन प्रतिको धारणा बनाउने हुदाँ जनप्रतिनिधि पारदर्शी, अनुशासित र उच्च नैतिकता बोकेको हुनुपर्छ । ठेक्का पट्टाको प्रसङ्ग निकाल्नु भयो त्योत सोच्ने कल्पना गर्ने होइन । म त विदेश भ्रमणमा गएको आफूले नियामानुसार लिन मिल्ने भत्ता रु ४ लाख पनि नलिने जनप्र्रतिनिधि हो । हेर्नुस वास्तवमा दावाको साथ भन्न सक्छु म खुला किताव हुँ पढनुस र म प्रतिको धरणा बनाईदिनुस ।

१०. जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
जनप्रतिनिधि र कर्मचारी दुई फरक फरक तरिकाले आएपनि एउटै उदेश्य जनताको सेवा मिलेर गर्नु हुन्छ । एकले अर्कालाई सम्मान गर्नुपदर्छ, एकले अर्काको पिर मर्का बुझ्नुपर्छ र सहयोगी बन्नुपर्छ भन्ने नीति अपनाईएको छ । चन्द्रकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच सुमधुर सम्बन्ध भएकै कारणले काममा सहज मिलेको छ ।

११. तपाईको कार्यकाल अवधिभर चन्द्रकोट गाउँपालिका बासिको मुहार कसरी फेर्ने योजना बनाउनुभएको छ ?

हाम्रो यो ५ वर्षे कार्यकालमा हामी स्थानीय सरकार संचालन विदाई हुदै गर्दा हाम्रा नागरिकमा चेतनाको विकास गर्ने, शिक्षा र स्वास्थ्यमा विभिन्न सूचकको वृद्धि गर्ने, नागरिकलाई पेशासँग जोडने, नागरिकलाई कर्तव्यवोध सहित अधिकार प्राप्तिको लागि उत्साह बनाउने, भौतिक निर्माणमा आशातित सफलता प्राप्त गर्ने र सवै नागरिकको नजरमा इमान्दार र परिश्रमका साथ ५ वर्षे कार्यकाल सम्पन्न गरेको आभाष दिनुपर्छ ।

यो पनि पढ्नुस्

जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा चमकको के अर्थ ?: ईन्जिनियर पाण्डेय

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला

यसपाली राम्रा काम गरेनौँ भने जनताको नजरमा कहिल्यै राम्रो बन्न सक्दैनौं: भूपाल पोखरेल, धुर्कोट गापा अध्यक्ष

गुल्मीका १२ स्थानीय तहहरुमध्ये एक हो धुर्काेट गाउँपालिका । जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले संघियता

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D