gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यसपाली राम्रा काम गरेनौँ भने जनताको नजरमा कहिल्यै राम्रो बन्न सक्दैनौं: भूपाल पोखरेल, धुर्कोट गापा अध्यक्ष

गुल्मीका १२ स्थानीय तहहरुमध्ये एक हो धुर्काेट गाउँपालिका । जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले संघियता कार्यान्वयसँगै गठन गरिएको धुर्कोट गाउँपालिकाले हालसम्म के–के काम गर्‍यो ? आगामी योजना के छन् ? यि र यस्तै जनसरोकारका बिषयमा गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग पत्रकार हुमाकान्त पोखरेलले गरेको कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अंश:

यो पनि पढ्नुस्: कर्मचारी अभावले समस्या परेको छ, आठ वटै वडामा वडा सचिव हुनुहुन्न: दोर्ण खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष

१. गाउँपालिको अहिलेसम्म गरेका मुख्य पाँच काम बताइदिनुस् न ।
हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि थुप्रै विकासका कामहरू गरेका छौं । ग्रामीण भेगमा अधिकाशंका खरका छाना थिए । त्यसले वर्षायाममा पानी चुहिने र हिउँदमा अगलागी हुने डर हुन्थ्यो । त्यसलाई न्यूनीकरणका लागि हामीले पदभार ग्रहण गरेकै दिन गाउँ कार्यपालिकाको पहिलो बैठकबाट गाउँपालिकामा खरका छाना विस्थापन गर्ने निर्णय गर्यौँ । यस अभियान अन्तर्गत वडा नम्बर २ पीपलधारा खरका छानामुक्त वडा घोषणा भइसकेको छ । अन्य वडामा पनि खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्य जारी छ । खरका छाना विस्थापन गरी जस्तापाता निःशुल्क प्रदान गर्ने अभियान नेपालमा नै सबैभन्दा पहिलोपटक हामीले सुरुवात गरेका हौं । अहिले देशव्यापी रूपमा यो अभियान सञ्चालनमा छ । खुसी लागेको छ ।
यसबाट विपन्न नागरिकका लागि सुरक्षित आवासको व्यवस्थापन गरिएको छ । नागरिकको स्वच्छ पिउने पानीको अधिकारलाई सुनिश्चित गर्नका लागि अहिलेसम्म कुल ९९३ घरमा ‘एक घर एक धारा’ पु¥याइएको छ ।
गाउँपालिकाको केन्द्रको लागि जग्गा लिई भवन निर्माण गरेका छौं । अब छिट्टै नयाँ भवनमा सर्दै छौं । गाउँपालिकामा सभाहल पनि निर्माण गरेका छौं ।
कृषि र पशु क्षेत्रमा व्यावसायीकरण गरी उत्पादनमा वृद्धि गरिएको छ । त्यस्तै, किसानलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ । यसबाट उत्पादन÷प्रतिफल नहुँदै बजेट खर्च हुने व्यवस्थाको अन्त्य भएको छ । गाउँपालिका मासु उत्पादनमा आत्मनिर्भर भएको छ । कक्षा एकदेखि पाँचसम्म स्थानीय पाठ्यक्रम बनाई लागू गरिएको छ । सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभिभावकविहीन बालबालिकाका लागि छात्रावासको व्यवस्था गरिएको छ ।

२. गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण रूपमा सन्तुष्ट छु किनभने कर्मचारी अभाव तथा भौतिक संरचनाको अभाव हुँदाहँुदै पनि निर्वाचनको बेला सोँचेको भन्दा पनि बढी काम गर्न सफल भएका छौं ।

३. स्थानीय सरकार सञ्चालनको मुख्य समस्या के रहेछ ?
संघीय र प्रदेश सरकारले कानुन बनाउन ढिलाइ गरेकाले काम गर्न असजिलो भएको छ । कर्मचारी अभावका कारणले समयमा काम हुन सकेको छैन । आवश्यक भौतिक संरचनाको अभावले दैनिक कामकाज गर्न कठिनाइ भएको छ ।

४. नमुना धुर्कोट बनाउने अभियानमा लाग्नुभएको छ । यसका आधारहरू केके छन् ?
नमुना धुर्कोट बनाउनको लागि आर्थिक, सामाजिक र भौतिक विकासलाई सँगसँगै विकास गरेर उत्पादन बढाइ रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्नुपर्छ । गाउँपालिकाको केन्द्रमा भौतिक पूर्वाधारको तीव्र विकास गरिरहेका छौं । गाउँपालिकाभित्रका विकास निर्माणका कामलाई अघि बढाइएको छ । पाँच वर्षे आवधिक योजना निर्माण गरी विकासको गतिलाई तीव्रता दिइएको छ । यी र यस्तै कामहरूले नमुना धुर्कोट गाउँपालिका बन्नेछ भन्नेमा म विश्वस्त छु ।

५. गाउँपालिकालाई कसरी आत्मनिर्भर बनाउने सोच गर्नुभएको छ ?
व्यावसायिक कृषि र पशुपालन गरी उत्पादनमा वृद्धि गर्ने योजना गाउँपालिकाको छ । उत्पादन वृद्धिका लागि सिँचाइ प्रविधि, बीउ, तालिम, पशु बिमालगायतका कार्यक्रमहरू सञ्चालन गरी युवाहरूको आकर्षण बढाउने छौं । गाउँपालिकाभित्र विचित्र गुफा, धुर्कोट कोट, कुमारी देवी मन्दिरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरू छन् । त्यसका साथै हाडहाडेमा होमस्टे पनि सञ्चालन गर्दै छौं । यिनीहरूको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भिœयाई गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजना लिएका छौं । त्यसका साथै गाउँपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी स्वावलम्बी र आत्मनिर्भर गराउने, सहुलियतपूर्ण कर्जा प्रविधिमा अनुदान दिनेलगायतका कार्यक्रम गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने छौं । त्यसकारण कृषि र पर्यटनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउँछौं ।

६. गाउँपालिकामा पर्याप्त मात्रामा कर्मचारी छन् कि छैनन् ? यदि छैनन् भने दैनिक कामकाजमा कस्तो समस्या परेको छ ?
दरबन्दीअनुसार कर्मचारी छैनन् । भएका कर्मचारीलाई व्यवस्थित तरिकाले परिचालन गरेका छौं । नागरिकले छिटोछरितो सेवा खोज्छन् । त्यो पूरा गर्ने कर्मचारीले हो । तर, आवश्यक कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या परेको छ ।

७. केन्द्र सरकारको सहयोग कस्तो छ ?
केन्द्र सरकारले साझा अधिकारका सूचीको कानुनहरू निर्माण गरेको छैन । यसले गर्दा दैनिक कामकाजमा समस्या परेको छ ।

९. जनप्रतिनिधि ठेक्कापट्टामै संग्लग्न भए भन्ने गुनासो छ नि ?
जनताले हामीलाई विश्वास गरी मत दिएर जिताएका छन् । जनताका चाहना र आकांक्षा धेरै छन् । तर, पूर्ति गर्ने बजेट सीमित छ । अर्को कुरा यो संघीय नेपालपछिको हामी पहिलोपटक निर्वाचित भएका जनप्रतिनिधि हौं । हामीले यसपालि राम्रा काम गर्न सकेनौं भने जनताको नजरमा कहिल्यै राम्रो बन्न सक्दैनौं । त्यसैले, धुर्कोट गाउँपालिकामा कुनै पनि जनप्रतिनिधि ठेक्कापट्टामा संलग्न छैनन् ।

१०. जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
कानुनले तोकेको जिम्मेवारीअनुसार जनप्रतिनिधि र कर्मचारीलाई कामकाज गराइरहेका छौं । कहिलेकाहीँ आउने समस्याहरूलाई आपसी समझदारीमा समाधान गरेका छौं ।

यो पनि पढ्नुस्

जन्मेको ठाउँ नै छायाँमा पर्छ भने मेरो एक परिवारको जीवनशैलीमा चमकको के अर्थ ?: ईन्जिनियर पाण्डेय

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला

dorna khatri interview

कर्मचारी अभावले समस्या परेको छ, आठ वटै वडामा वडा सचिव हुनुहुन्न: दोर्ण खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष

गुल्मीका १२ स्थानीय तहहरुमध्ये चन्द्रकोट गाउँपालिका पनि एक हो । जनतालाई छिटो–छरिदो सेवा दिने भनी

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D