समाचार प्रभाब: प्रमाणपत्रको प्रतिलिपी अब नि:शुल्क

तिलाचन पाण्डे
गुल्मी, बैशाख ६ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं २ मा रहेको खस्थोक माध्यमिक बिद्यालयले अब शैक्षिक प्रमाणपत्रको प्रतिलिपी नि:शुल्क दिने भएको छ । बिद्यालयले प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार असुल गरेको समाचार गुल्मीन्युज डट कममा पुस १० गते र कारबाही अझै भएन भन्ने समाचार बैशाख ५ गते प्रकाशित भए पश्चात प्रमाणपत्रको प्रतिलिपी लिँदा अब शुल्क नलिने जनाएको छ ।

यो पनि पढ्नुस् – समाचार प्रभाव: चन्द्रकोटका जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुबिधा बापतको रकम

बिद्यालय ब्यबस्थापन समितिको बैशाख ६ गते बसेको बैठकले बिधार्थीहरुलाई कुनै भैपरी अबस्थामा प्रमाणपत्र नोक्सान भएका बिद्यालयले नि:शुल्क रुपमा प्रमाणपत्रको प्रतिलिपी दिने निर्णय गरेको बिधालयका प्रधानाध्यापक कृष्ण सुर्यबंशीले जानकारी दिए । यदि बिधार्थीहरु आफनै लापरबाहीले प्रमाणपत्र हराएका कक्षा १ देखि ७ सम्म दूई सय ५० रुपैयाँ र कक्षा ८ देखि एसईई सम्मका लागि पाँचसय रुपैया लिने निर्णय भएको सुर्यबंशीले जानकारी दिए ।

उनका अनुसार पहिले प्रमाणपत्र लिँदा कक्षा १ देखि ७ सम्म अब एक हजार पाँच सय रुपैयाँ मात्र लिने र कक्षा ७ देखि एसइई सम्मका लागि पहिले तीन हजार लिइदै आएकोमा अब दूई हजार पाँच सय रुपैया लिने निर्णय भएको जानकारी दिए ।

यस अगाडी कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिँदा ईश्मा गाउँपालिका वडा नं ४ की पुर्णीमा नेपालीले तीन हजार रुपैयाँ तिर्नुपरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D