gulminews logo
बिहीबार, २०८० चैत्र १५

पसलको वार्षिक उत्सवको अबसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

अनिल खत्री
२० चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासका एक व्यवसायीले आफ्नो पसलको वार्षिक उत्सवको अबसरमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासको क्याम्पस रोडमा रहेको गण्डकी डिजिटल फोटो स्टुडियोका व्यवस्थापक मेघराज पन्थीले आफनो व्यवसायले २० औं वर्ष पार गरेको अबसरमा उपल्लो तम्घासमा पढने क्षमता भएका बिद्यार्थीहरुलाई दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग गरेको हो ।

तम्घासमा रहेर फोटो सम्बन्धी व्यवसाय गर्दै आएका उक्त व्यवसायीले आफनो पसलको वार्षिक उत्सवको अबसरमा समाज सानो भएपनि सहयोग गरौं भन्ने उदेश्यले दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग पन्थीले बताए । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीहरुले आवास सहित पढ्दै आएका छन् ।

वार्षिक उत्सवको अबसरमा एक दिन भएपनि फरक क्षमता भएका विद्यार्थीलाई हौसला प्रदान गर्न सहयोग गरेको पन्थीले बताए । गण्डकी डिजिटल फोटो स्टुडियोका व्यवस्थापक पन्थीले बिद्यालयमा एक कार्यक्रम राखेर दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग हुन् ।

बिभिन्न उत्सवहरुलाई फजुल खर्च गरेर मनाउनु भन्दा पनि समाज रहेका सहाय अशक्त तथा फरक क्षमता भएकाहरुलाई सहयोग गरेर मनाउनु पर्छ भन्ने मान्यतालाई विकास गर्न सहयोग गरेको पन्थीको भनाई छ । आफनो पसलको वार्षिक उत्सवको अबसर पारेर बिद्यालयमा रहेका फरक क्षमताका विद्यार्थीलाई सहयोग गरेको भन्दै बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले धन्यवाद दिइन् ।

उनले फरक क्षमता भएका बिद्यार्थीहरुलाई समाजका सबै क्षेत्रको सहयोग उक्तिकै रहेको बताइन् । पछिल्लो समयमा यस उपल्लो तम्घास माध्यमिक बिद्यालयमा बिभिन्न संघ संस्थाहरुले आफ्नो बिभिन्न अबसर पारेर सहयोग गर्ने गर्न थालेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D