gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका ॠषिरामको जीवन संङघर्ष: खुट्टाका दुई औलाले भाग्य कोर्दै

टोपलाल अर्याल
गुल्मी, २६ असार । कैयौ हातखुट्टा ठिक भएका सपाङ्गहरु जीवनमा केहि गर्न नसकेको निहुँमा गाँजा र रक्सीलाई जीन्दगी जिउने साहारा बनाएका छन् । गल्ली, चोक, चौतारा र सामाजिक संजालमा निराशा र बेरोजगारीका कुण्ठाहरु छताछुल्ल छन् । तर, गुल्मीको छत्रकोट गाउँपालिका ४ का १८ बर्षीय ॠषिराम कडेंल जो जन्मजात अपाङ्ग हुन । दाहिने खुट्टाको दुई औला बाहेक अरु चल्दैनन् । तर, त्यहि दुई औलाले आफ्नो भविष्य कोर्दैछन् । त्यो पनि अरुलेभन्दा उत्कृष्ट । उनले दुई औलाले लेख्छन्, तस्विर कोर्छन, मोवाइल तथा ल्यापटप चलाउँछन् ।

गुल्मीमै कैयौँ अपाङ्ग छन् । उनीहरुले कोठा र बिस्ताराबाट आफुलाई बाहिर ल्याउन सकिरहेका छैनन् । ॠषिरामका हात–खुट्टा कम्जोर छन् । तर, बौद्धिक क्षमता सवलको भन्दा अब्बल छ । उनी श्रृङ्गा जनता माविका उत्कृष्ट बिद्यार्थी हुन् । बर्षेनी कक्षामा प्रथम र बिद्यालयमै द्धतिय हुन्छन् । ॠषिरामले अहिले कक्षा नौ मा अध्ययन गर्छन् । ॠषिराम अपाङ्गको मात्र उदाहरणीय पात्र होइनन् । सपाङ्ग व्यक्तिका मार्गदर्शक पनि हुन् । किनकी शारिरीक, मानसिक र धनदौलतले भरिएका ठुला साहुका छोराछोरी ड्रग्सको नशामा भौतारिएका छन् । तर, गाउँको बिपन्न कृषकको पूर्ण अपाङ्ग छोरो दुई खुट्टाका औलाले कक्षामा अरुलाई उछिन्न । सवै बिद्या र क्रियाकलापमा उत्कृष्ट छन् । उनले कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृङ्गा जनता माविमा पढ्दै आएका छन् ।

ॠषिराम ‘क’ वर्गको अपाङ्ग हुन् । उनी अरुको शाहाराबिना केहि गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र बिद्यालयसम्म आफुलाई कहिल्यै फरक र कम्जोर अनुभूति भएन् । बुबा लक्ष्मण कंडेलले ॠषिरामलाई बिहान ठीक १० बजे स्कुल पुराउँछन् । गेटमै आएका साथीहरुले उचालेर कक्षा कोठामा पु¥याउँछन् । उनलाई कक्षामा कोठा र शौचालयको सहज व्यावस्थापन गरिएको छ । उनलाई लिन साँझ ठिक ४ बजे बुबा स्कुलको गेटमा पुग्छन् । सवैको माया, सद््भाव र सहयोग पाएकाले कहिल्यै कम्जोर महसुस नगरिएको कडेंलले बताए । ‘जन्मलाई पछुतो मानेर होइन । भविष्य हेरेर कर्म गरिरहेको छु,’उनले भने,‘सवै ठाउँबाट सहयोग पाएपछि पढाईमा राम्रो गरिरहेको छु ।’ खुट्टाले कलम छोप्न थालेको ॠषिरामलाई सम्झना छैन् । बच्चामा हात उठ्दैन्थे । खुट्टाका औलाले पहिले समाउन खोज्थे । परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि ॠषिरामले सवै काम खुट्टाले गर्न थाले ।

कडेंल परिवार उदाहरणीय छ । ॠषिराम परिवारको एक्लो सन्तान हुन् । पहिलो सन्ताननै पूर्ण अपाङ्ग जन्मिएपछि कंडेल दम्पती पाँच बर्षसम्म छोराको उपचारमै दौडधुप गरे । तर, अवस्थामा सुधार आएन् । त्यसपछि निरन्तर स्याहार–सुसार र अध्ययननै परिवारको ध्यान गयो । छोराको अपाङ्गतासंग परिवारलाई कुनै पछुतो छैन् । भने छोराले पनि अहिलेसम्म कुनै कुरामा ग्लानी गर्नु परेको छैन् । शिक्षादिक्षासंगै पूर्ण अपाङ्ग छोरालाई १८ बर्षको बनाउन परिवारले कम चुनौति झेलेको छैन् । तर, कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम नगरेको बुबा लक्ष्मण कडेंलले बताए । उनले आफ्नो लक्ष्य र सपनानै छोराले पढ्न सकेको पढाउने रहेको बताए । ‘मैले न अरु सन्तान सोचेँ न फरक दृष्टिकोण राखेँ । श्रीमान–श्रीमतीनै उसको सेवामा रातदिन लागेका छौ,’बुबाले भने,‘यो बाबु मेरो कोखमा नजन्मिएको भए बन्द कोठा भित्रै हुन्थ्यो ।’ लक्ष्मण दम्पतीले गाउँमा कृषि कर्म गर्दै आएका छन् । उनले अहिलेसम्म राज्यका सवै निकायबाट सहयोग पाएकाले कुनै गुनासो र आशा नभएको प्रतिक्रिया दिए ।

ॠषिराम कडेंल सवै बिधामा बिद्यालयमै सवैभन्दा उत्कृष्ट प्रतिभा भएको श्रृङ्गा जनता माविका प्रध्यानाध्यापक विकास चन्द्र खरेलले बताए । पढाई, लेखाई, चित्रकला, गीत, अभिनय लगायतका बिद्यामा ॠषिरामले सवैलाई उछिन्दै आएको खरेलको भनाई छ । कंडेल परिवार र ॠषिराम उदाहरणीय पात्र भएको सवै अपाङ्गता भएका परिवारले सिक्नुपर्ने बताए । ‘चेतना र घरपरिवारको सहयोग बिना अपाङ्ग बालबालिकाको आत्मविश्वास राम्रो हुँदैन । ॠषिराम अपाङ्गसंगै सग्ला हात–खुट्टा भएका व्यक्तिहरुको पनि उदाहरण हुन,’उनले भने,‘घर, परिवार, समुदाय र परिवारबाट राम्रो सहयोग भएको छ ।’ बिद्यालयमा अपाङ्ग बिद्यार्थीहरुको लागि आवासीय अध्ययनको सुविधा छ । तर, ॠषिराम सहयोगी चाहिने भएकाले घरमै जान्छन् । बिद्यालयमा बहिरा बिद्यार्थीहरुले अध्ययन गर्छन् । जसका लागि बिषय शिक्षक र सामग्रीहरु छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D