गुल्मेली दर्शकले कुलेन्द्रलाई सालको पात…….. पाँच पटक गाउन बाध्य बनाए (भिडियो सहित)

अनिल खत्री
२७ चैत, गुल्मी । केहि गीत केहि कलाकारहरु यस्ता हुन्छन् जुन कलाकार हेर्न र उनको प्रस्तुति सुन्न दर्शकको भिड लाग्ने गर्दछ । गीतहरु चलेकै कारण कलाकारहरुलाई दर्शककले हेर्न र उनको प्रस्तुति नजिकबाट नियाल्न धेरैको चाहन पनि हुन्छ ।

यो पनि हेर्नुस्: सधै दर्शकलाई किन रुवाउँछिन् शान्ति श्री परियार ? गुल्मी पुगेर आफु पनि रोईन् दर्शक पनि रुवाईन्

पछिल्लो समय भाईरल जस्तै बन्न सफल गीत सालको पात जुन गीत सबैको मनमा र मुखमा गुञ्जीन सफल भएको पनि छ । अहिले त्यो गीत नसुन्ने कमै होलानन् । तय्सो त यो सालको पात टपरी नहुने सल्लैको बोलको यो गीत यूटेयावमा मात्रै ४ करोड बढिले हेरि सकेका पनि छन् ।

निकै मन पराइएको गीत जुन गीतले अहिले सबैको मनमा बस्न सफल भएको छ । उक्त गीतका गाएक हुन कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझी भने रचनाकार बसन्त थापा हुन् । यतिबेला उक्त गीतले गायक सर्जक दुबैलाई हाइहाइ बनाएको छ ।

गीत चलेपछि नेपाल र नेपाल बाहिर हुने मेला महोत्सवमा उक्त गीताका कलाकारहरु पनि व्यस्त छन् । मंगलवार उक्त गीतका गायक बिश्वकर्मालाई दर्शकले एउटै गीतलाई पाँच पटक वढि वान्स मोर भन्दै गाउन लगाए ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी महोत्सवमा लोक दोहोरी गायक बिश्कर्माले एउटै गीत दर्शकको रोजाइमा मात्रै पाँच पटक वढि गाउन बाध्य भए । सालको पात टपरी नहुने सल्लैको बोलको गीतमा महोत्सवको सातौं दिनका मुख्य आकर्षक बनेका गायक बिश्वकर्माले सुरुमै सालको पात गाउँ भन्दै दर्शकलाई सोध्न के भ्याएका थिए दर्शकबाट हुटिङ्ग र गीत गाउन लगाए ।

सालको पात एउटै गीत पाँच पटक गाउँदा पनि दर्शकको वान्समोर आउन छोडेन । तर उनले लतगै नजाउ है सानू पधेरीमा ,रुमाल हल्लाई हल्लाई लगायतका गीतहरु सँगै दर्जन वढि गीत गाए । उनको मुख्य गरि दर्शककहरुको रोजाई मात्रै थियो सालको पात मात्रै ।

गीत धेरै चलेपछि उक्त गीतका गायकलाई हेर्न र उनको प्रस्तुति सुन्न महोत्सवको अरु दिन भन्दा वढि मात्रामा दर्शकहरु ओइरिएको थिए । उनका सबै गीतमा दर्शकको उत्तिकै मात्रमा नाच र समर्थन पाए । उनको प्रस्तुतिले अरु दिन भन्दा धेरै दर्शक पाएका थिए ।

त्यसैले पनि दर्शकहरुको समर्थनले उनले एउटै गीत धैरै पटक गाए । गीत गाउदै जाँदा दर्शक हाँ पुगेका गायक बिश्वकर्मालाई दर्शकलले टाका टोपी समेत लगाएर नचाएका थिए । मंगलवारको प्रस्तुतिमा बिश्वकर्मा सहित , शोभा त्रिपाठी, हास्यकलाकार सन्ध्या बुढा, शिलु भट्टराई, दिपक परियार, टिकाराम पोखरेल लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

चैत २० गते बाट सुरु भएको गुल्मी महोत्सव चैत ३० गते सोमबार सकिदैँ छ । मेलामा २३० वटा स्टल रहेका छन् । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय, हास्य व्यग्य कलाकारहरुको प्रस्तुति गर्दै आएका छन् ।

यो पनि हेर्नुस्: काउली बुढीको अहिलेसम्मकै खतरा कमेडी, गुल्मी पुगेर यस्तो रमाइलो गरिन् (भिडियो)

हेरौँ भिडियो: