गुल्मीका अधिकांस क्षेत्रमा परेको असिना पानीले फलफुल र तरकारीमा क्षेती पुर्यायो, कृषकहरु चिन्तित

गुल्मी, २५ चैत । गुल्मीका अधिकांस क्षेत्रमा गत सप्ताहन्तमा परेको भारी बर्षासँगै असिनाले तरकारी तथा अन्नबालीमा क्षती पुगेको छ । शनिबार सदरमुकाम तम्घाससँगै जिल्लाको पश्चिम ग्रामीण भेगमा पर्ने मालिका, मदाने, धुर्कोट, इस्मा लगाएतका विभिन्न स्थानमा भारी बर्षात भएको थियो । हावाहुरी सहितको असिना पानीले गर्दा कृषकहरुले लगाएका तरकारी र फलफूल खेतिमा ठुलो क्षति पुगेको छ ।

असिना पानीले भर्खरै उम्रन फुल फुल्न थालेका तरकारी तथा मकैका ससाना बिरुवालाई समेत क्षेती पुर्याउँदा कृषकहरु चिन्तित भएका छन् ।

असिनाले फुल्न लागेका बोट–बिरुवा तथा फल लागेका फलफूलका ससाना दानाहरु समेत नष्ट गर्दा कृषकहरु चिन्तित बनेका छन् ।

भर्खरै उम्रीएका काँक्रा, फर्सी, सिमि, भान्टा, करेला, लौका, घिरौँला, चिचिन्ना, खुर्सानी लगाएतका तरकारी तथा आरुबखडा, अम्बा, सुन्तला, कागती, नास्पाती लगाएतका फलहरुमा समेत क्षेती पुग्दा कृषकहरु थप चिन्तामा परेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D