gulminews logo
मंगलवार, २०८१ बैशाख १८

गुल्मीमा नारी दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गुल्मी, फागुन २४ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा गुल्मीमा बक्तृत्वकला सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित बुद्ध रेडियो श्रोता समुह गुल्मीको आयोजनामा अर्खले स्थित बुद्ध माध्यमकि बिद्यालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

समुहले बुद्ध माध्यमिक बिद्यालयको सहकार्य र एकीकृत ग्रामिण बिकास समाज गुल्मिको सहयोगमा अन्तरास्ट्रिय महिला दिवस र नेपालमा नारिको बर्तमान अबस्था बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितमा बिद्यार्थीहरुले नेपाल नारिको अबस्था बारेमा बिभिन्न बिचारहरु सहित प्रस्तुत गरेका थिए ।

बुद्ध माध्यमिक बिद्यालय रे नपा ४ अर्खलेका प्रधानाध्यापक बिष्नुबिनायक भन्डारीको अध्यक्षता रहेको कार्यक्रममा एकीकृत ग्रामीण बिकास समाज गुल्मिका कार्यक्रम संयोजक हिरा कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक संचारकर्मि अम्बिका आचार्य समुहका सदस्यहरु र बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा सामुदायिक सन्चारकर्मी अम्बिका आचार्यको संयोजकत्वमा २ सदस्यीय निर्णायक समिती गठन गरिएको थियो । जस्को सदस्यमा बिद्यालयका शिक्षक गणेशबहादुर अधिकारी र देबिराम मराशिनी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवँरले यो कार्यक्रमले नारिको हक हितमा टेवा पुग्नुका साथै बिद्यार्थिमा लुकेर रहेका प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने बताउनुभयो। यसरी स्रोता समुहले समाजको बिद्यालयमा एस्ता चेतनामुलक कार्यक्रम आयोजना गर्दा पर्तिस्पर्धिको प्रतिभाबाट समाज परिबर्तनमा टेवापुग्ने हुनाले समुहप्रती आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मनिशा भन्डारिको स्वागत मन्तब्य , यमुना बिस्वकर्माको स्वागत गित र बालकृष्ण कडेलको नारिदिबस सम्बन्धी कबिता प्रस्तुत गर्ने भुमिका रहेको थियो ।

प्रतियोगितामा प्रथम सम्पदा पाण्डे , द्वितीय विष्नु पान्डे तृतिय विष्नु पन्थी र सुरक्षा गौतमले सान्त्वना स्थान हाशिल गर्नुभएको थियो । कार्यक्रम सन्चालन समुहकी सहजकर्ता सुनिता कणेलले गर्नुभको थियो ।
पारस्परिक जवाफदेहिता परियोजनाद्वारा सन्चालित रेडियो कार्यक्रम साझा बोली सुन्ने छलफल गर्ने र कार्यक्रमका सुकेको बिषयबस्तुको आधारमा शुशाशन सङ्ग सम्बन्धित कुरा समेटेर आफ्नो स्थायीय स्तरमा बिकाश सङ्गै परिबर्तनमा टेवा पुर्याउने उदेश्यले उदेश्यले २०७४ माघ १४ मा यश समुहको गठन भएको थियो । यश समुहले स्थानीय तहमा बिबिध काम गर्दै आइहरेको छ

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D