चौरासी पूजाको तुलादान रकम विद्यालयलाई सहयोग

कौरव खत्री
बागलुङ, १४ माघ । बागलुङ गलकोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ ।

साथै थापाका नाती युवा उद्यमी तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलविर थापाले उक्त रकम सोही स्थानमा रहेको प्रगति आधारभूत विद्यालयलाई रु. १ लाख ५ सय ५ रुपैया रकम शुक्रवार हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने प्रगति बालविकास केन्द्र मल्मका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।

उनले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गरे । बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताए ।

साथै मनकुमारी थापाका नातीहरु वैदेशिक रोजगारीमा रहेका तुलवीर र उनका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई रु २ लाख, ११ हजार, १सय,११ रुपैया सहयोग प्रदान गरेका थिए ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १सय,२३ जना र बाल विकास केन्द्रमा २३ बालबालिकाहरु अध्ययनरत छन् । थापाको गत माघ ८ गते चौरासी पूजा गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D