साउन २६, काठमाडौँ। हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीतिक बजारमा तीजका गीत आइरहने क्रम जारी छ । कलाकारहरुलाई समेत तीजले छपक्कै छोपेको देखिन्छ ।
पछिल्लो समयमा बजारमा आइरहेका तीजका गीतमा मौलिकता हराउदै गएको होकी भन्ने हल्ला चलिरहेको अबस्थामा गायक अञ्जान गौतमको सृजना र स्वरमा निकै मौलिक तीज कोसेली कर्कलाको पात बजारमा आएको छ ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका झिरबासमा जन्मिएका गायक गौतमको कर्कलाको पात चौथो तीज कोसेली हो । यस भन्दा पहिले यसपाली तीजैमा केलाम केलाम भो, छोटो जामले र बरिलै जस्ता तीजका गीतले अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएका थिए । यिनै गीतहरुको अपार सफलता पछि गौतमले यो बर्षको तीजलाई मध्यनजर गदै कर्कलाको पात बजारमा ल्याएका हुन ।
मौलिक विषय बस्तुलाई कथाबस्तु बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ ।
माकुरीले जालै बुन्यो कर्कलाको पातैमा
मलाई पनि लैजानु होला हजुरैको साथैमा
बोलको गीत लय शब्द अञ्जान गौतम अनी देवी घर्ती र अञ्जान गौतमको आबाजमा सजिएको छ । गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु राज लामा, रेखा शाह, सिम्रन पौडेल, दिल्बाग अलि खानको अभिनय रहेको छ । गीतको भिडियोको निर्देशन र सम्पादन असोक सुनार तथा छायाँकन तिलक बुढाथोकीले गरेका हुन ।