धुर्कोट गाउँपालिकाले अव पशुलाई पनि सुत्केरी भत्ता दिने

प्रेम सुनार
गुल्मी, असार ७ । गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् । उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि , पशुपालनमा बढि जोड दिईएको छ ।

कृषान परिचय पत्र लागु गर्दै हरेक किशानको उत्पादनका आधारमा अनुदान र प्रोत्साहन भत्ता समेत दिईने र जिल्लामै पहिलो पटक सुत्केरी पशुलाई समेत पोषण भत्ताा दिने उनले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेका छन् । उनले महिला सुत्केरीका लागि ‘नो होम डेलिभरी’ कार्यक्रम अगाडी सारेका छन् ।

हरेक महिला गाउँपालिका भित्रैको स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने र आगमी दिनमा आमा र शिशुलाई आवश्यक पोषण उपलव्ध गराउने लक्ष्य लिएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।

‘उत्पादन गरौं , आत्मनिर्भर बनौं, समृद्धि धुर्कोट हामी मिली बनाऔं’ भन्ने मुल नाराका साथ प्रस्तुत नीति तथा कार्यक्रममा विभिन्न शिप मुलक तालिम दिदै गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य लिईएको छ । सामिजक सुरक्षाका लागि नगर सुरक्षा प्रहरी भर्ना गर्ने , अघिल्लो वर्ष देखि खर रहित घरको छाना अभियानको यसै आर्थिक वर्ष भित्रमा खरको छाना मुक्त धुर्कोट बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा माटो परिक्षण गर्ने र रोगीमाटोको उपचार गरी कृषि उत्पादमा बृद्धि गर्ने , अन्य सहकारी खेती , महिलाद्धारा सञ्चालित सहकारी खेती र उनिहरु द्धारा सञ्चालित विभिन्न ब्यबयासीलाई प्रोत्साहन गरिने भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D