नवौँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हुमाकान्त पोखरेल
०७ बैशाख, गुल्मी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नवै जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जिल्ला खेलखुद विकास समिति गुल्मीको आयोजना र महेन्द्र नमुना माध्यमिक विद्यालयको सह आयोजनामा सुरु भएको हो । तम्घासको चिदिचौरमा भइरहेको खेलको शुक्रबार प्रदेश सासंद कमलराज श्रेष्ठले दिपप्रज्वलन गरेर उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सासंद श्रेष्ठले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि अफू लागिपर्ने बताए । कार्यक्रममा प्रदेश सासंद खड्ग केसी, गिता थापा, जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ सस्ँथका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार भएको पहिलो खेलमा छात्र सटफूटतर्फ चिदिपानी मावि प्रथम, धर्मपुर मावि द्धितिय र युनिक मावि तृतिय भएका छन् । छात्रा सटफूटतर्फ त्रिभुवन मावि प्रथम, पाञ्चायन मावि द्धितिय र त्रिभुवन मावि तृतिय भएका छन् । त्यस्तै छात्रतर्फ ४ इन्टु एक सय मिटर दौडमा महेन्द्र नमुना मावि प्रथम, रेन्वो इङ्गिस बोर्डिङ स्कूल द्धितिय र दुर्गा भवन मावि तृतिय भएका छन् । छात्रातर्फ त्रिभुवन मावि प्रथम, हिमालय मावि द्धितिय र महेन्द्र नमुना मावि तृतिय भएका छन् । छात्रतर्फ ४ इन्टु चार सय मिटर रिले दौडमा सिद्धबाबा मावि प्रथम, त्रिभुवन मावि द्धितिय र महेन्द्र नमुना मावि तृतिय भएका छन् ।

छात्रातर्फ त्रिभुवन मावि प्रथम, हिमालय मावि द्धितिय र बाँझकटेरी मावि तृतिय भएका छन् । छात्रा भलिबलतर्फ अर्खबाङ्ग मावि प्रथम र पाञ्चायन मावि द्धितिय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केसीले बताए । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता, सासंद श्रेष्ठको प्रमुख आतिथ्यता, महेन्द्र नमुना माविका प्रध्यानाध्यापक केशर बहादुर थापाको स्वागत मन्तब्य तथा विष्णु खरेल र लक्ष्मी पन्थी अर्यालको संचालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D