सत्यवतीमा निःशुल्क सर्जिकल स्वास्थ्य शिविर, झन्डै ८ सय जनाले लिए सेवा

गुल्मी । लायन्स क्लव अफ गुल्मीको प्राविधिक सहयोग र सत्यवती गाउँपालिकाको सक्रियतामा प्राथमिक स्वास्थ केन्द्र खैरेनीमा दुई दिने निःशुल्क सर्जिकल स्वास्थ्य शिविर भएको छ ।

सो शिविरमा ७ सय ८४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार निःशुल्क स्वास्थ्य शिविरले स्थानीय जनतालाई स्वास्थ्य सेवामा पहँुच भएको महशुस भएको बताए । स्वास्थ्य शिविरमा पुरुषको तुलनामा महिलाहरुको बढी सहभागिता रहेको थियो ।

वरिष्ठ चिकित्सक डा.प्रध्यापक प्रेमराज ज्ञवालीको नेतृत्व चिकित्सकहरुको टोलीले विभिन्न समस्याका १२ जनाको समान्य शल्यक्रिया समेत गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ