Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी सहित १३ जिल्ला खाद्य निरीक्षक विहीन - Gulminews

गुल्मी सहित १३ जिल्ला खाद्य निरीक्षक विहीन

काठमाडौँ, चैत्र ४ । अनुगमन र कारबाही अभावमा बजारमा गुणस्तरहीन सामग्री खुलमखुला बिक्री गर्ने क्रम बढेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका तरकारीदेखि अन्तर्राष्ट्रिय कम्पनीका खाद्य पदार्थमा समेत अखाद्य पदार्थ र मिसावट भेटिएको उपभोक्ताको गुनासो छ ।

यस्तो बेलामा गुणस्तर परीक्षण गर्ने खाद्य निरीक्षक भने जिल्लामा उपलब्ध छैनन् । कर्मचारी नहुँदा उपभोक्ताका गुनासा पनि समाधान हुन सकेका छैनन् ।

साविक पश्चिमाञ्चलका १६ जिल्लामा खाद्य गुणस्तर हेर्ने जिम्मा पाएको रूपन्देहीको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा जम्मा ३ निरीक्षक छन् । १३ जिल्लामा खाद्य निरीक्षक तथा प्राविधिक नै छैनन् । कास्की र तनहुँका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यान्वयन इकाईमा एक–एक खाद्य निरीक्षक छन् । पश्चिमाञ्चलका अरू सबै जिल्ला खाद्य निरीक्षकविहीन छन् । गुल्मी सहित अर्घाखाँची, पाल्पा, लमजुङ, स्याङ्जा, मनाड., मुस्ताङ लगायतका ९ जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रणको कुनै संयन्त्र नै छैन । नवलपरासी र कपिलवस्तुमा कार्यान्वयन इकाई भए पनि निरीक्षकको दरबन्दी खाली छ । कार्यालयका सूचना अधिकृत विक्रम लिम्बूले लामो समयदेखि जिल्लामा प्राविधिक नहुँदा अनुगमन र गुणस्तर मापन प्रभावित बनेको बताए ।

खाद्य निरीक्षक नहुने जिल्लाको अनुगमन, निरीक्षण तथा परीक्षणको सम्पूर्ण जिम्मा रूपन्देहीस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई दिइएको छ । त्यसमा पनि आवश्यक कर्मचारी छैनन् । ३ अधिकृत र ४ सहायकले काम चलाएका छन् । उनीहरू मुस्किलले वर्षमा एक या दुईपटक अन्य जिल्लामा पुग्छन् । मनाङ र मुस्ताङमा भने यो कार्यालय अहिलेसम्म नै पुगेको छैन । सूचना अधिकृत लिम्बूले साधन स्रोत र जनशक्ति अभावले नियमित अनुगमन र निरीक्षणमा जान समस्या भएको बताए ।

प्रशस्त खाद्य उद्योग र व्यवसाय रहेको रूपन्देहीमा जिल्ला अनुगमन समिति र नगर समितिले ठूला चाडपर्वको अवसर पारेर एक–दुई दिन मात्रै, त्यो पनि व्यवसायीलाई थाहा दिएर बजार अनुगमन गर्ने गरेका छन् । -ईकान्तिपुरबाट साभार

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D