अनिल खत्री
२८ फागुन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अमेरिकन कम्पनीका यूएम मोटरसाईकल तिन दिने एक्सचेन्ज अफर राखिएको छ । आईएमई गु्रपद्धारा नेपाल भित्रिएको अमेरिकन ब्राण्डका यूएम मोटरसाईकल गुल्मी जिल्लामा पहिलो पटक विक्री वितरणका लागी ल्याइएको हो ।
ग्रामीण तथा पहाडी भेगको सडकलाई मध्यनजर गर्दै अफरोड बाटोमा हिँडन अत्याधुनिक प्रविधिबाट निर्मित अमेरिकन मोटरसाईल सदरमुकाम तम्घासमा सोमबारबाट फागुन ३० गते सम्म ३ दिन बिक्रीको लागी राखिएको छ । अफरमा ग्राहकले दशहजार छुटसमेत पाउने भएका छन् ।
तत्कालका लागि प्रसार–प्रसार र बजार बुझनका लागि केही मोटरसाईकल ल्याएर गुल्मीमा आएको मिना इन्टप्राईजेजका संचालक राज खनालले बताए । नयाँ मोटरसाइकल किन्ननेहरुले ६ पटक निशुल्क सर्भिस, २ वर्ष तथा ३२ हजार किलोमिटर ग्यारेन्टी सहित पाउने छन् ।
जिल्लामो परिक्षणका लागि ल्याएको केही वटा मोटरसाईकल हिलाम्य तथा धुलाम्य सडकमा पनि सहज रुपमा चलाउन सकिने भएका कारण मोटरसाईकल खरिदमा उपभोक्ताको चासो बढ्ने खनालले बताए । तिन दिन सम्म चल्ने अभियानमा पूराना मोटरसाईकलसंग सट्टा–पट्टा गरि यूएमका नयाँ मोटरसाईकल पनि बिक्री गरिने खनालले बताए ।
यूएम व्राण्डका मोटरसाईकल युवापुस्ताको रोजाईमा पर्ने गर्दछ । अन्य मोटरसाईकलको तुलानामा यूएम मोटरसाइकल हलुका तथा समानहरु गुणस्तरिय रहेको कारण यसको पछील्लो समय यता माग वढ्दै जान थालेको छ । व्राण्डका मोटरसाईकल मर्मतका क्रममा समाग्रीको मूल्य कम पर्ने तथा जुनसुकै ग्यारेजहरुमा समाग्री सहजरुपमा पाईने भएका कारण यूएम मोटरसाईकलको माग बढन थालेको खनालले बताए ।
तीन दिनका लागि समय खुला गरेर विक्री सुरु गरेको इन्टरप्राईजेजले आगमी दिनमा सव डिलर तयार नभएसम्मका लागि मिना इन्टरप्राईजेज बुटवलबाटै वितरण गर्ने जनाएको छ ।