gulminews logo
मंगलवार, २०८१ बैशाख १८

उखुको व्यवसायिक खेतीसँगै गुल्मी थोर्गाका कृषकको जीवनस्तर फेरिदै

गुल्मी । उखु खेतीका कारण गुल्मीको थोर्गा गाउँ पश्चिम क्षेत्रमै प्रसिद्ध छ । बर्षौदेखिको खेतीलाई व्यवसायीकरण गरेसँगै स्थानीयले उखुबाट राम्रो आम्दानी लिन थाले । सोही कारण परम्परागत मकै र गहुँ खेती छाडेर कृषक उखुतर्फ आकर्षित भएका छन् ।

गुल्मी थोर्गाका कृषकले यस बर्ष मात्रै उखु खेतीबाट ७५ लाख रुपैयाँ गाउँ भित्र्याए । करिव एकसय जना व्यवसायीक उखु कृषकले वार्षिक डेढ लाखदेखि सात लाखसम्म आम्दानी गरेका छन् । आधुनिक प्रविधि भित्र्याएर व्यवसायीरण गरेका रुरु गाउँपालिका–३ थोर्गाका कृषकलाई यति वेला उखु पेल्ने चटारो छ ।

मकै, गहुँजस्ता परम्परागत बालीले भन्दा मनाग्य आम्दानी दिन थालेपछि स्थानीय उखु खेतीतर्फ आकर्षित भएका हुन् ।

झण्डै असी बर्ष अगाडि लोकबहाहदुर श्रेष्ठ र बलबहादुर श्रेष्ठले काठको कोल राखेपछि थोर्गामा उखु पेलेर खुदो बनाउन थालिएको स्थानीयको भनाइ छ । पछि धातानन्द ज्ञवाली र पन्नाराम श्रेष्ठले फलामको कोलबाट गोरु प्रयोग गरेर उखु पेल्न सुरु गरेका थिए । थोर्गाको उखु खेतीलाई व्यवसायीकरण गर्न प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले अगुवाई गर्दै आएका छन् ।

उखुको व्यवसायिक खेतीसँगै थोर्गाका कृषकको जीवनस्तर पनि फेरिएको छ । अधिकांशले घर–व्यवहार टार्दै सन्तानको शिक्षा–दीक्षामा खर्चिएर बचत पनि गरिरहेका छन् । -न्युज २४ बाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D