गुल्मी, माघ ०७ । प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहकाविच बैंकको शान्तीपुर शाखा कार्यालयको उद्घाटन गरे । हालसम्म कुनै पनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलो पटक शाखाकार्यालय सञ्चालनमा ल्याएको हो ।
आइतबार देखि सञ्चालनमा आएको यस शान्तीपुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।