काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। अब सूर्या लाइफको बीमा पोलिसी बैंकले बिक्री गर्ने छ।
बैंकले आफ्नो कर्पोरेटदेखि शाखा कार्यालसम्मबाट बीमा पोलिसी बेच्ने छ। सम्झौतापत्रमा सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र शाइन रेसुङ्गाका प्रमुख कार्यकारी प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन्।