gulminews logo
मंगलवार, २०८१ बैशाख १८

जानकी साहित्य पुरस्कार गीतकार नारद गौतमलाई प्रदान

अनिल खत्री
२२ भदौं, गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्धारा प्रदान गरिने जानकी साहित्य पुरस्कार कवि तथा गीतकार नारद गौतमलाई प्रदान गरिएको छ । किरण पुस्तकालय तम्घासबाट प्रदान गरिने यस वर्षको जानकी साहित्य पुरस्कार रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ चौतराका नारद गौतमलाई प्रदान गरिएको हो ।

सो पुरस्कार १५६ औं मोती जयन्तीको अबसर पारेर किरण पुस्ताकालय तम्घासमा एक कार्यक्रम गरेर प्रदान गरिएको थियो । नारद गौतमले सिर्जनाको क्षेत्रमा गरेको क्रियाकलाप प्रति उच्च सम्मान गदै यस बर्षको जानकी पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताए । गीतकार तथा कवि नारद गौतमका डेढ दर्जन अप्रकाशित कविता संग्रहसँगै गुल्मी जिल्लासँग सम्बन्धीत गीत रचना गरेका थिए । उनले उक्त गीत मार्फत गुल्मी जिल्लालाई चिनाउने प्रयास पनि गरेका छन् ।

यसभन्दा अगाडी उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले ०७५ सालमा, भागिरथि श्रेष्ठले ०७६ सालमा र रामप्रसाद पन्थले ०७७ सालमा प्रदान गरिएको थियो । साहित्यप्रति अत्यन्त रुचीँ राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्धारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आइएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् ।

प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ ।सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D