gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा पूर्विय संस्कृतिमा आधारित ‘अमृतपान’ कृतिको विमोचन

सन्तोष महतारा
गुल्मी, ३ साउन । गुल्मीमा पूर्विय संस्कृतिमा आधारित ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १ तम्घास स्थायी घर भएका पण्डित विष्णु प्रसाद खनालले लेखेको ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा लामो समयदेखी सञ्चालनमा रहेको किरण पुस्ताकालयमा बरिष्ठ साहित्यकार किरण पुस्तकालयका उपाध्यक्ष शशी पन्थीले कृतिको विमोचन गरेका छन् । उक्त कृतिको विमोचन गर्दै साहित्यकार पन्थीले लेखक खनालको पुस्ताकालयमा महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

विमोचन कार्यक्रममा साहित्यकार दीन पन्थीले उक्त कृतिको सन्दर्भमा जानकारी गराएका थिए । किरण पुस्तकालयद्वारा प्रकाशितमध्ये ‘अमृतपान’ १७ औँ ग्रन्थ भएको पन्थीले कार्यक्रममा बताए ।

लेखक खनालले यस कृतिमा पूर्विय संस्कृतिमा आधारित ३४ वटा लेखहरु रचना गरेका छन् । यसअघि उनले ‘गीतातत्व प्रश्नोत्तर’ नामक कृति बजारमा ल्याएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D