gulminews logo
बिहीबार, २०८० चैत्र १५

यो बर्षको जानकी साहित्य पुरस्कार पन्तलाई

टोपलाल अर्याल
गुल्मी, २० चैत। यो बर्षको जानकारी साहित्य पुरस्कार नियात्राकार तथा लेखक रामप्रसाद पन्तलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालयमा बसेको पुरस्कार छनोट समितिको वैठकले यो बर्षको पुरस्कार रुरु गाउँपालिका ४ दार्सिवाङ्ग निवासी पन्तलाई दिने निर्णय गरेको दिवंगत जानकी ज्ञवालीका श्रीमान तथा पुरस्कार छनोट समिति सदस्य शंकरप्रसाद गौतमले जानकारी दिए । जानकी साहित्य पुरस्कार प्राप्त गर्ने पन्त दायित्व वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं दायित्व द्वैमासिक साहित्यिक पत्रिकाका सम्पादक एवं प्रकाशक हुन् । यो पुरस्कार ०७७ सालको मोति जयन्तीका दिन किरण पुस्तकालयमा प्रदान गरिनेछ ।

स्व. जानकी ज्ञवाली

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियोे । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पुराएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् । प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि एक साल ५१ हजार एक सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको पुरस्कार छनौट समितिका अध्यक्ष शशी पन्थीले जानकारी दिए । गत बर्षको जानकी साहित्य पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठलाई प्रदान गरिएको थियो । भने सुरुको बर्ष जानकी साहित्य पुरस्कार सुव सेन अर्थात सूर्यबहादुर सेन लाई प्रदान गरिएको पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D