Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मालिका गाउँपालिकामा नि:शुल्क आँखाको परिक्षण सुरू - Gulminews

मालिका गाउँपालिकामा नि:शुल्क आँखाको परिक्षण सुरू

सन्तोष महतारा
गुल्मी, २ फागुन । गुल्मी गुल्मीको मालिका गाउँपालिकामा आजदेखी निशुल्क आँखा शिविर संचालन भएको छ । आज गाउापालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले जानकारी दिएन ।

आज च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् । जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।

मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा निशुल्क आँखाको अप्रेशन गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए । फागुन ३ गते छापहिलेमा रहेको छाप सामुदायिक स्वास्थ्य इकाईमा आँखाको निशुल्क आँखाको परिक्षण गरिने छ । त्यस्तै फागुन ४ गते गाउँपालिकाको वडा नम्बर ६ अर्जैमा रहेको कुमालगाउँ सामुदायिक स्वास्थ्य ईकाईमा निशुल्क आँखा परिक्षण हुने छ ।

आज गाउ पालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षणको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले उद्धघाटन गरेका छन् । कार्यक्रमकको संचालन दर्लिङ्ग स्वास्थ्य चौकीका इञ्चार्ज ओम बहादुर भण्डारी मगरले गरेका थिए । कार्यक्रममा स्वागत मनतब्य गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त राज भुषालले राखेका थिए ।

आँखाको रोगसम्बन्धी उपचार जिल्ला आँखा उपचार केन्द्र तम्घसाका प्रमुख सुर्य बहादुर बस्नेतले गरेका थिए । निशुल्क आँखा शिविर मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D