Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बाख्रापालनको माध्यमबाट गुल्मीका महिलाहरु आत्मनिर्भर बन्दै - Gulminews

बाख्रापालनको माध्यमबाट गुल्मीका महिलाहरु आत्मनिर्भर बन्दै

तिलाचन पाण्डे
गुल्मी, असोज २८ । इश्मा गाउँपालिका वडा नं ४ दोहोलीकी सीता अर्याललाई चुरा पोते केही किन्न परे पनि श्रीमानको मुख ताक्नु पर्दथ्यो ।
तर अहिले उनले आफनै सक्रियतामा घरमा आठवटा बाख्रा पालेकी छिन् । उनलाई अहिले पहिले जस्तो समस्या नभएको र आवश्यक परे गाउँमा सरसापट चलाउन समेत सक्ने भएको उनी बताउछिन् ।
उनका अहिले घरमा एक छोरा र २ छोरीलाई पढाउन समेत समस्या नभएको बताउछिन् । उनकी एउटी छोरीले १२ पास गरेकी छन्, अर्की छोरीले १० कक्षामा अध्ययन गर्दै छन् भने छोराले अहिले ११ कक्षामा अध्ययन गर्दै छन् ।
अहिले आफूलाई केही राम्रो लगाउन परे र मिठो मसिनो खान परे श्रीमानको मुख ताक्न नपर्ने गरी बाख्रा पालनबाट आफू आत्म निर्भर भएको उनी बताउछिन् । यस्तै सोही वडाकी २७ बर्षिय हुमकला जिशीलाई पनि पहिले कसरी बाख्रा पाल्ने र आर्थिक तबरबाट कसरी माथी उठ्ने भन्ने बारेमा केही थाहा नै थिएन ।

अहिले उनले राम्रो संग बाख्रा पाल्न र घाँसको नर्सरी संगै दाना पानी कसरी खुवाउने भन्ने बारेमा आफूलाई राम्रो संग थाहा भएको बताउछिन् । पहिले आफूहरु दूई चार जना भेला भएको ठाउँमा गएर आफना कुराहरु राख्न पनि नसक्ने महिलाहरु अहिले आफूलाई मनमा लागेका कुराहरु राम्रो संग राख्न सक्ने भएको उनी बताउछिन् । उनलाई पनि अहिले सामान्य खर्चका लागि कसैको मुख ताक्नुपर्ने अबस्था नरहेको र आवश्यक परे सहयोग गर्न सक्ने अबस्था बाख्रा पालनले बनाएको उनी बताउछिन् ।
गाउँमा अहिले हेफर परियोजना लागु भएपछि महिलाहरु आात्म निर्भर बनेको र ब्यबसायिक रुपमा बाख्रा पालमा लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ७५ प्रतिशत र हेफर परियोजनाको २५ प्रतिशत लगानीमा सो गाउँमा नबप्रभात युवा संघको सहकार्यमा कार्यक्रम लागू भएको हो ।

यस्तै इश्मा गाउँपालिकाले अहिले तत्कालका लागि मासुमा आत्म निर्भर बन्ने गरि र पछि खसी बोका गाउँपालिकाबाट निर्यात गर्ने गरि लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्टले बताए । आर्थिक तबले आत्म निर्भर बन्नका लागि कृषि र पशुपालनको माध्यमबाट मात्रै सम्भब भएको भन्दै गाउँपालिका भित्र बाख्रा पालनका लागि झण्डै गाउँपालिकाले तीन करोड रुपैयाँ वीनियोजन गरेको उनले बताए ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले महिलाहरु अब चुलो चौकोमा मात्र सीमित नभई बाख्रा पालनको माध्यमबाट आत्म निर्भर भएको दाबी गरिन् । पहिले चुरा पोते र राम्रा कपडाहरु किन्न परे पनि श्रीमानको मुख ताक्न पर्ने महिलाहरु अहिले आबश्यक परे श्रीमानलाई नै पैसा दिन सक्ने अबस्थामा पुगेको उनले दाबी गरिन् ।
इश्मा गाउँपालिकाको वडा नं १देखि ४ वडामा २० वटा मुल समूहहरु बनाई करिब २२ सय महिलाहरु बाख्रा पालमा आबद्ध भएको हेफर परियोजनाका कार्यक्रम अधिकृत शरदकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै सोही गाउँपालिकाको वडा नं ५ र ६ मा सहकारीको माध्यमबाट करिब १६ सय महिलाहरु ब्यबसायीक रुपमा नै बाख्रा पालनमा आबद्ध भएको श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D