gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका १६ जना युवा उद्यमी सम्मानित: अधिकांशका सरकारसंग गुनासै गुनासा

अनुदान कार्यालय धाउने झोलेलेभन्दा माटोमा रमाउनेले पाउन्

टोपलाल अर्याल
गुल्मी, ३० असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेका युवा कृषि उद्यमीलाई संमान गरेको छ । बिहिवार केन्द्रले सम्मानसहित ‘सफल कृषि व्यावसायीहरुको उद्यमी यात्रा र प्रेरणादायी कथा सुनौ’ भन्ने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभरबाट १६ जना कृषकलाई सम्मान गरिएको हो ।

कोको भए सम्मानित

संम्मानित हुनेहरुमा डिलाराम पाण्डे कालीगण्डकी १, प्रेम साही सत्यवती ४, उत्तम खत्री चन्द्रकोट ४, चुमा धर्ती मगर मुसिकोट ८, गोकर्ण नेपाली इस्मा गाउँपालिका ३, ओम कुवर इस्मा गाउँपालिका ४ रहेका छन् । त्यस्तै शोभ बहादुर घर्ती मदाने गाउँपालिका ३, मनोज पाण्डे मुसिकोट नगरपालिका ५, सरोज बेल्बासे मुसिकोट नगरपालिका ५, बिनोद कुँवर रेशुङ्गा नगरपालिका १०, प्रेम नेपाली रेसुङ्गा नगरपालिका ६, दान बहादुर पल्ली छत्रकोट गाउँपालिका १, चिरञ्जीवी पंन्थ छत्रकोट गाउँपालिका ४, कुल चन्द्र ज्ञवाली रुरुक्षेत्र गाउँपालिका ४, संजय ज्ञवली रुरुक्षेत्र गाउँ पालिका ५, कमला भलामी रेसुङ्गा नगरपालिका ८ गरेर १६ जना उद्यमी कृषकलाई संमान गरिएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

कृषक छनौटका आधार

युवा उद्यमी तथा नव उद्यमी, रोजगारी सृजना, प्रविधि मैत्री, यान्त्रिकृत, नविनतम सोच, बजार योजनामा माग र आपूर्ति सन्तुलनको अवस्था, आम्दानी, रोल मोडल तथा मर्यादित पेशाको रुपमा रुपान्तरण, जिल्लामा उदाहरणको रुपमा देखाउन सकिने र स्थानीय तहबाट पुरस्कृत तथा कृषक पेन्सनमा परेर नपरेका आधार हेरेर उद्यमी छनौट गरिएको भण्डारीले बताए ।

के थिए उद्यमीका गुनासा

प्राय कृषि कार्यक्रममा नेता भाषण किसानले सुन्छन् । नेताले भनेका सवै कुरा कार्यान्वयनमा आउँदैनन । जसकार कारण आलोचना खेपिरहेका छन् । बिहिबारको कार्यक्रममा कृषि उद्यमीका गुनासा जिल्ला समन्वय प्रमुख र पालिका प्रमुखहरुले सुनेर बसे । सोहि कार्यक्रममा बोल्दै युवा उद्यमीले बजार, मुल्य र झोले कृषकको चर्को आलोचना गरेका थिए । मह उत्पादक मुसिकोट नगरपालिका ८ का चुमा घर्तिमगरले खुल्ला सिमाको कारण नेपालको पेसा ब्यावसाय चौपट भएको गुनासो गरे ।

उनले पहिले खबर गरेर अनुगमन हुँदा झोले कृषक मौलाएको, सरकारी समयन्त्रको झन्झटिलो प्रक्रियाले किसान हैरान भएको बताउँदै बास्तविका किसान र कामको घरमै गएर चेक दिने व्यावस्था सुरु गर्न आग्रह गरे । जिल्लाका ठुला तरकारी उत्पादक रेसुगा नगरपालिका १० का कृषक बिनोद कुवंरले हाट बजार खुलेपछि बजारका व्यापारीलाई बिचौलिया भन्दै गाली गरेर डोकोमा तरकारी हाट बजार पुराएको स्मरण गर्दैै अहिले हाट बजार बन्द हुँदा उनै व्यापारीसंग जान परेको गुनासो गरे ।

कुवंरले २३ बर्षदेखि तरकारी उत्पादन गर्दै आएका छन् । उनले बेमौसमी उत्पादनमा जोड दिन अरु किसानलाई आग्रह गरे । इस्मा गाउँपालिका ४ का लसुन कृषक ओम कुवंरले बजार नहुँदा व्यावसाय चौपट भएको आक्रोस पोखे । बजार र मुल्यको ग्यारेण्टि सरकारले नगर्दा युवा उद्यमीको सोच, शक्ति र लगानी खेर गएको गुनासो गरे । छत्रकोट ४ का चिरञ्जीवी पन्थले कृषकमा प्राबिधिक ज्ञान, बजार र माटो परिक्षणको समस्या भएको बताए । मदाने ३ का सोब बहादुर घर्तिले अनुदान पुजाको प्रसाद बाडे जस्तै नबाँड्न आग्रह गरे । उनले सरकारले वास्तविक र झोले किसान पहिचान गर्न नसकेको कारण अनुदानको दुरुपयोग भएको गुनासो गरे ।

‘वास्तविक किसान माटोसंग रमाउँछ । तर, झोले किसान कार्यालय धाउन खप्पिस हुन्छ,’ उनले भने, ‘सरकारका अड्डाले बेलैमा पहिचान गरेर साँच्चिकै किसानलाई लगानी बढाउनुपर्छ । घर्तिले एक सय ५० रोपनीमा तरकारी खेती गरेका छन् । स्थायी छ र अस्थायी १५÷१६ जनालाई काम दिएका छन् । ११ बर्षदेखि व्यावसायीक कृषिमा लागेका घर्तिले बार्षिक ३० टन तरकारी उत्पादन गर्छन् । छत्रकोट १ का भुवन खनालले बार्षिक ५० टन तरकारी उत्पादन गर्छन् ।

अहिले पनि तीन लाख खुसार्नी र अरु धेरै खाले तरकारी रोपेका छन् । उत्पादनले बजार र मुल्य नपाएको गुनासो खनालले गरे । उनले किसानको उत्पादनमा आउने मुल्यको ह्रासमा स्थानीय पालिकाले सहजीकरण नगरे बिस्थापित हुने अवस्था आएको बताए । रेसुंगा नगरपालिका ९ का सरोज बेल्बासे सहितका युवाले मुसिकोट ५ को आँपचौरमा ३ सय रोपनीमा १४ सय कफी रोपेका छन् । उनीहरुको जोड कफि पर्यटन हो । पाँच बर्षमा १ लाख लगाउने उदेश्य रहेको बताउँदै कागज हेरेरभन्दा उत्पादन हेरेर अनुदान वितरण गर्नुपर्नेमा बेल्बासेले जोड दिए । जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले अब स्थानीय तहका कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिकता राख्दै कृषकलाइ उत्पादनमुखि अनुदान वितरण गर्नुपर्ने बताउनु भयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D