gulminews logo
मंगलवार, २०८१ बैशाख १८

धुर्कोट गाउँपालिकाले कृषि उपज खरिद गरिदिने: कोदो किलोको ३७ रुपैँया, सिन्कीको ४०० रुपैँया (मुल्य सहित)

मनोज कार्की
गुल्मी, भदौ २६ । गुल्मीको धुर्कोट गाउँपालिका कृषकले उत्पाद गरेका कृषी उपज खरिद गरिदिने भएको छ । गाउँपालिका सबै वडामा कृषकले उत्पादन गरेका कृषी उपजलाई गाउँपालिकाले खरिद गरिदिने धुर्कोट गाउँपालिकाले जनाएको छ ।

कृषकले मेहनतका साथ कृषि उपज उत्पादन गर्ने तर उत्पादित उपजले बजार नपाउँदा कृषक निरुत्साहित भएकाले कृषक उपज बजार सम्म पुर्याउनको लागि धुर्कोट गाउँपालिकाले कृषी उपजलाई खरिद गरिदिन लागेका गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
पछिल्लो समय कृषकले उत्पादन गरेको कृषि उपज बिचौलियले खरिद गरि बजारमा राम्रो फाइदा उठाइरहेकाले बिचौलियको अन्त्य गरि कृषकलाई परिश्रमको उचित मुल्य दिन गाउँपालिकाले खरिद कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।

धुर्कोट गाउँपालिकाले मास र कर्कलोको मस्यौरा प्रतिकेजी ३८० रुपैँयामा र मुलाको सिन्की ४०० रुपैयाँ प्रतिकेजीमा खरिद गर्ने जनाएको छ । त्यस्तै ६० रुपैयाँ प्रति केजी मुलाको चाना, बेसारका चाना २८५ रुपैयाँ प्रतिकेजी, कोदो ३७ रुपैयाँ, सोस्ता (बोढी) १५० रुपैयाँ, ४० रुपैयाँ प्रतिकेजी मकै, ७० रुपैयाँ प्रतिकेजी खैरो भट्ट, ७० रुपैयाँ प्रतिकेजी सेतो भट्ट, ९० रुपैँया खैरो गहत प्रतिकेजीका दरले कृषी उपजको खरिद मुल्य तय गरेको छ ।

गाउँपालिका भित्र उत्पादन भएका कृषि उपजलाई तम्घास बुटवल लगाएतका शहरमा बजारीकरणको तयारी धुर्कोट गाउँपालिका रहेको गाउँपालिकाका उपाध्यक्ष शिब बहादुर खत्रिले जानाकारी दिए । स्थानिय स्तरमा कृषकले उत्पादन गरेका कृषि उपजलाई गाउँपालिको कृषि बिकास शाखाले तोकेको केन्द्रमा संकलन गर्ने उपाध्यक्ष खत्रिले आग्रह गरेका छन् ।

कृषी उपजको लागि धुर्कोट गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशिलता वुटवलसंग सम्झौता भई काम अगाडि बढाईएको प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले बताए ।

यसअघी ईस्मा गाउँपालिकाले दुई सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको कोदो प्रबर्द्दन कार्यक्रम ल्याएको थियो । कृषकबाट प्रतिकिलो ५० रुपैँयाका दरले खरिद गरेको कोदो प्रर्बद्धन कार्यमा बजारीकरणको समस्या देखिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D