Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जव बच्चा रोयो खुसीको सिमा रहेन………. - Gulminews

जव बच्चा रोयो खुसीको सिमा रहेन……….

टोपलाल अर्याल
गुल्मी, २३ असार । रेसुङ्गा नगरपालिका १० की शिखा पाण्डेय प्रसुति व्यथाले च्यापेपछि असार १८ गते राति गुल्मी अस्पताल आइन् । उनको स्वास्थ्य परिक्षण सुरु गरियोे । डाक्टरहरुले पाण्डेयमा सालनाल पहिले र बच्चा पछि भएको पत्तो पाए ।

गुल्मी अस्पतालका सूचना अधिकारी समेत रहेका डाक्टर कासीराम विकका अनुसार सामान्यतया बच्चा पहिले र पछि मात्रै सालनाल हुने गर्दछ । प्रसुतिको बेला सालनाल पहिले भए बच्चाको ज्यान जाने संभावना अत्यन्तै धेरै हुन्छ । पाण्डेयको पनि शल्यक्रिया बाहेक अरु उपाय थिएन । यस्तो अवस्थामा पुरा शरिर बेहोस बनाएर शल्यक्रिया गर्ने गरिन्छ । तर पुरा शरिर बेहोस पार्ने गुल्मी अस्पतालमा जिए मेसिन थिएन । तत्काल रेफर गर्ने स्थिती समेत भएन । डाक्टरहरुले जोखिमको बारेमा परिवारलाई जानकारी गराएर शल्यक्रियाको निधो गरे । परिवारकै आग्रहमा डाक्टर कासीराम विक र सरोजा गैरैसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरे । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।

पहिलो गर्भमै प्रसुति जटिल भएकाले शिखा पाण्डेय पनि चिन्तामा थिइन् । प्रसव पीडासंगैको नयाँ समस्याले उनीसंगै परिवारनै शोकमा थिए । परिवारको साथ र डाक्टरहरुको कार्यकुशलताले सफल शल्यक्रिया भयो । नयाँ जीवन पाएकी शिखा र श्रीमान हरि पाण्डेय दुवै खुसी भए । ‘शल्यक्रियाभर रोएर बसेँ, जब बाहिरबाट बच्चा रोएको सुने खुसीको सिमा रहेन, त्योभन्दा झन धेरै आमा र बच्चा ठिकठाक देखेर खुसी भएँ,’श्रीमानले भने,‘अब्बल सेवा प्रबाहका लागि अस्पताललाई धन्यबाद ।’ अस्पतालमै आराम गरिरहेकी शिखा पनि खुसी छन् । आफ्नो र बाहिरको अवस्था जटिल भएको बेलामा घर नजिकै सेवा पाउनु आफ्नो लागि ठुलो बरदान भएको बताइन् । यो प्रकारको शल्यक्रिया जिल्लामै पहिलो भएको अस्पतालको दाबी रहेको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका २ की शान्ति परियारको पनि जटिल शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ । परियार असार १० गते प्रसुति व्याथाले च्यापेपछि गुल्मी अस्पताल आइपुगिन् । उनको चिकित्सकहरुले स्वास्थ्य परिक्षण थाले । आमाको उच्च रक्तचाप र बच्चाको मुटुको धडकन कम थियो । गुल्मी अस्पतालको डाक्टर सरोजा गैरैका अनुसार यो अवस्था आमा र बच्चाको लागि अत्यन्तै जोखिमपूर्ण हो । प्रसब सुरु भएकाले बाहिर रेफर गर्ने अवस्था थिएन् । आर्थिक अवस्थाको कारण परिवारले पनि बाहिर लैजान मानेनन् ।

परिवारकै सहमति र आग्रहमा डाक्टर कासीराम विक र सरोजा गैरेले सफल शल्यक्रिया गरे । १२ सय ग्रामको बच्चा जन्मियो । सामान्य अवस्थामा बच्चा २५ सय ग्रामको हुन्छ । यो बच्चाको तौल थोरै भए पनि शारीरिक रुपमा स्वस्थ रहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय गुल्मी अस्पतालको कारण सरकारी स्वास्थ्य सेवाप्रति नागरिकहरुको विश्वास बढ्दै गएको छ । सामान्य स्वास्थ्य समस्या आए पनि पाल्पा, वुटवल र काठमाण्डौ पुग्नुपर्ने गुल्मी र अर्घाखाँचीका नागरिकको बाध्यता अहिले गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र उनको टोलीले दुर गरेको नागरिक समाजका संयोजक पदम पाण्डेयले बताए ।

सिमित स्रोत र साधनकाबिच नागरिकहरुको साथ र हौसलाले आफुहरुलाई सेवा गर्ने आत्मविश्वास बढेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनले गुल्मी अस्पतालमा आफुहरुले जटिल शल्यक्रिया थुप्रै गरे पनि पछिल्ला दुई शल्यक्रिया थप जटिल भए पनि सफल भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D