gulminews logo
मंगलवार, २०८१ बैशाख १८

मदिराको कारण घरेलु हिंसा बढेको भन्दै ४ सय लिटर मदिरा बरामद पछि नष्ट

कमल पौडेल

१० जेठ, खर्वाङ। बडिगाड गाउँपालिका वडा नं. २ मा मदिराको कारण घरेलु हिंसा बढेको भन्दै घरेलु मदिरा नियमन गर्न प्रहरी सहित जनप्रतिनिधि तथा स्थानियहरु अग्रसर देखिन थालेका छन्। यसै विच शुक्रवार साविक दगातुन्डाडा गाविस वडा नं. ६ मा क्रियाशिल आमा समुह, दिपज्योती युवा परिवार, स्थानिय सहितको सक्रियतामा प्रहरी, जनप्रतिनिधि सहितको टोलीले आफ्नो सिमा क्षेत्र भित्रका सवै होटल, भट्टी, तथा मदिरा उत्पादन गर्ने सवै घरहरुमा अनुगमन गरेको छ।

प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपाने नेतृत्वको प्रहरी सहितको टोलीले अनुगमन गर्दा झण्डै ४ सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ। प्रहरी चौकी खर्वाङ अन्तरगत बडिगाड गाउँपालिकाको वडा नं. १ दगा तुन्डाडा, वडा नं. २ खर्वाङ, वडा नं. ३ सिसाखानी तथा गल्कोट नगरपालिकाको वडा नं. ११ रिघा क्षेत्रमा समेत अनुगमनलाई थप प्रभावकारी बनाउने र वडा नं. २ को अनुगमन वाँकी रहेका खर्वाङको बाँकी बजार क्षेत्र, दनिया, जिमि, सक्न्यार लगाएतका क्षेत्रमा तत्कालै अनुगमन गरिने प्रहरीले जनाएको छ।

यता साविक वडा नं. ६ मा रहेको हाडिखोला, गिरिङ्दी, सिमलचौर, गहते लगाएतका क्षेत्रमा बाहिरबाट मदिरा आएको भन्दै स्थानिय आमा समुह, युवा परिवार तथा स्थानियले मदिरा बेचविखन नगर्न आग्रह गरेका छन्। कोरोना भाइरसको कारण देश नै बन्दाबन्दिको अवस्थामा रहेको बेला मदिराको अवैध उत्पादन तथा बेचविखनले घरेलु हिँसा बढेकोले यसको नियमन गर्न लागिएको वडा सदस्य सुर्य बहादुर अधिकारीले जानकारी दिनुभएको छ। युवाहरु समेत कुलतमा फसिरहेकोले युवाहरुको संयुक्त प्रयासमा मदिरा नियमनको लागि अभियान सुरु गरिएको दिपज्योती युवा परिवारका अध्यक्ष होमनाथ खरेलले बताउनु भएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D