gulminews logo
मंगलवार, २०८१ बैशाख १८

गायक रामकुमार बिष्टको तिजको कोसेली ‘जुन तारा’ सार्बजनिक (भिडियो सहित)

अनिल खत्री
गुल्मी, साउन १६ । तिज पर्व आउन केहि दिन मात्र बाँकी रहदा बिभिन्न गायक गायिकाहरुले बिभिन्न तिज पर्वलाई मध्य जनर राखेर तिज गीत सार्बजनिक गर्ने गरेका छन् । यसवर्षको तिज पर्वलाई मत्तय जनर राखेर लोक तथा दोहोरी गायक रामकुमार बिष्टले तिजको कोसेली ‘जुन तारा’ बोलको तिज गीत सार्बजनिक गरेका छन् ।

तिज पर्वमा गाइने मौलिक खालको गीतमा सर्बजनिक गरेका हुन् । बर्खाको बेलैमा दिनभरि मेलैमा काम जस्ता कथा बस्तु गितमा उल्लेख रहेको गायक रामकुमार बिष्टले बताए । पश्चिम क्षेत्रमा प्रचलित गितका भाका उनको गितमा पाउन सकिन्छ । गायक रामकुमार बिष्ट, बिरु लामा,पुर्णकला बिसीको सुमधुर स्वर रहेको गितमा रामकुमार बिष्टको लय थेगो हरिमायाँ रायमाझीको रहेको छ ।

गितमा बैकुण्ठ महतको शब्द रहेको गित बिन्ध्यावासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ । तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई महत्व दिँदै नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । तिज पर्वमा गाइने गीतमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने प्रचलन रहेको छ ।

पुरानो चलन अनुसार सासु बुहारीले दुख दिएका, माइत जान नपाएका, तिजमाा लगाउने लत्ता कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा तिज गीतमा बेदना पोख्ने प्रचल रहेको थियो । पछिल्लो समय समाज केहि परिर्वतन भएपछी गितहरुका कथाबस्तुमा केहि परिर्वतन भएपनि गितको लय संगितमा पुरानै खालका रहेका छन् । पछिल्लो समय भने फरक फरक तरिकाले गितहरु आउने गरे पनि यसवर्ष कलाकारले पुरानै शैलीलाई अपनाएर गित सृजना गर्ने गरेका छन् । यसवर्षको तिजलाई पनि मौलिक खालको गीतलाई जोड दिएको गायक बिष्टले बताए ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D