काठमाडौं, मंसिर ११ । प्रभु बैंकले पुराना भिसा कार्डहरु साटेर नयाँ कार्ड लिन ग्राहकहरुलाई आग्रह गरेको छ । बैंकले मंसिर १० गते राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गर्दै आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताउँदै नयाँ कार्ड लिन आग्रह गरेको हो ।
बैंकले कार्ड सिस्टम अपग्रेड गरी हालको कार्डलाई विस्थापन गर्ने र नयाँ कार्ड जारि गर्ने जनाएको छ । बैंकले आफ्न ग्राहकहरु अधिकतम सुविधा एवं सुरक्षित कारोवारलाई मध्यानजर गर्दै नयाँ प्रविधीको SCT UPI
कार्डहरु जारी गर्न लागेको बताएको छ ।
बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नि:शुल्क नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकको दाबी छ ।