गुल्मीका कृषकहरु व्यावसायीक कीवी खेतीतर्फ आकर्षित

गुल्मी, मंसिर १० । गुल्मीको मदाने गाँउपालिकाका कृषकहरु व्यावसायीक कीवी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत अन्नबालीबाट मेहनत अनुसारको प्रतिफल नआएपछि कृषकहरुले विकल्पको रुपमा कीवी फलको खेती थालेका हुन् ।

गुल्मीको मदाने गाँउपालीकास्थित काभ्राका कृषकहरुले व्यावसायीक रुपमा सामुहिक किवी खेती थालेका छन् । परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै, कोदो जस्ता अन्नबालीमा मेहनत बढी लागेपनि आम्दानी नहुने तथा बादरले खाईदिने समस्या देखिएपछि उनीहरुले कीवीे खेती थालेका हुन् । सुरुमा २०७४ सालमा व्यक्तिगत लगानीमा एकजनाले ३ रोपनी क्षेत्रफलमा विरुवा लगाउदै सुरुवात गरेपनि अहिले सामुहिक रुपमा ११ जनाले २४ रोपनी भन्दा बढी क्षेत्रफलमा कीवी लगाएका छन् । साथै, यसै आर्थिक वर्षमा उनीहरुलाई आवश्यक पर्ने पोल तथा तारको लागि प्रदेश र स्थानीय सरकारले पनि आर्थिक सहयोग गरेको छ ।

पछिल्लो समय विभिन्न ठाउँबाट विरुवाको समेत माग आउन थालेपछि उनीहरुले अहिले विरुवाको पनि उत्पादन थालेका छन् । साथै, चार वर्ष अघि परिक्षणका रुपमा लगाइएका विरुवामा यसवर्षदेखि फल लाग्न सुरुगरेपछि अन्य भुभागमा पनि कीवी लगाउने उनीहरुको तयारी छ ।

कीवी, लगायत अन्य फलफुलको व्यावसायीक खेती गर्न चाहने कृषकलाई स्थानीय सरकारले आवश्यक सहयोग उपलव्ध गरि प्रोत्साहन गरिरहेको छ ।

समुन्द्री सतहबाट एक हजार देखि २४ सय मिटरको उचाइमा उत्पादन गर्न सकिने कीवी फलको बजार भाउ राम्रो भएपछि पछिल्लो समय विभिन्न स्थानमा व्यावसायीक रुपमा खेती गर्न थालिएको पाईन्छ । -एभेन्युज टि.भी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D