गुल्मीमा गतबर्ष जस्तो फलेन सुन्तला: न फलेका सुन्तलाले बजार पाए न त नगरपालिकाले नै सहयोग गर्‍यो

सन्तोष महतारा
गुल्मी, ०९ मंसिर । सुन्तलाको लागि प्रसिद्ध क्षेत्र भनेर चिनिएिको जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडागाउँमा गतबर्ष जस्तो सुन्तलाको फल नलागेको कृषकले गुनासो गरेका छन् । भाडगाउँका डीलाराम मरासिनि सुन्तलाको ब्यवसायिक खेती गरेका कृषक हुन् । उनको सुन्तलाको बगैँचा नै छ । तर कृषक मरासिनिले गतबर्षजस्तो सुन्तालामा फल नलागेकोले चिन्तित बनेको बताएका छन् । उनको घरमा सुन्तला बगैँचा मात्रै होइन तरकारी खेती पनि छ । गतबर्ष सुन्तला बेचेरै लाखौ आम्दानी गरेका मरासिनि अहिले भने सुन्तलामा राम्रो फल नलाग्दा त्यति आम्दानी हुन नसक्ने बताउँछन् ।

भाडागाउँकै अर्की कुषक राधा खत्रीको पनि थुप्रै सुन्तलाका बोटहरु छन् । उनको पनि अहिले सोचेजस्तो सुन्तलामा फल लागेन । कृषक खत्रीका अनुसार स्थानिय तहले केहि रेखदेख नगर्दा बोटहरु सुक्दै जान थालेका छन् । गतबर्ष सुन्तला बेचेर ४५ हजार आम्दानी गरेकी कृषक खत्रीले अहिले भने सुन्तलामा राम्रोसँग फल नलागेको बताइन् ।

बजारमा समस्या
सुन्तला कृषकहरु आफुहरुले फलाएको सुन्तलाले राम्रो बजार पाउन नसकेको पनि बताएका छन् । कृषक राधा खत्रीले आफुहरुले उत्पादन गरेको सुन्तलाको सोचेजस्तो मुल्य नपर्ने र बजारमा समस्या भएको बताएकी छिन् । ब्यवसायिक रुपमा नै सुन्तला खेती गरेका मरासिनिले पनि राम्रो बजार नपाएको गुनासो गरे । उनले रेसुङ्गा नगरपालिकाले केहि सहयोग नगरेको भन्दै सुन्तला खरिद गरी कृषकलाई सुहाउँदो मुल्य दिएर सहयोग गर्नुपर्ने बताए ।

सिँचाईमा समस्या
ब्यवसायिक रुपमा नै कृषि गर्दे आएका डीलाराम मरासिनिले पानीको समस्या हुदै आएको बताएका छन् । कृषिलाई ब्यवसाय बनाएर अघि बढेका मरासिनि परिवारलाई अहिले खानेपानीको पनि समस्या हुदै आएको छ । आफुले जन्मदेखि नै प्रयोग गर्दे आएको पानीको कुवा मोटरबाटो बनाउँदा भत्काइएको र पछि वडाले तथा नगरपालिकाले चाँसो नदेखाएको कृषक डीलारामको गुनासो छ । उनले बारम्बार जनप्रतिनिधिहरु सँग गुनासो राखेपनि गुनासो नसुन्दिएको चिन्ता ब्यक्त गरेका छन् । यता नगरपालिकाले जिल्लामै सुन्तालाका लागि प्रसिद्ध क्षेत्र भनेर चिनिएको भाडागाउँलाई कुनै र केहि पनि चाँसो दिएको छैन ।
केहि त्यस्ता कार्यक्रम लिए पनि बास्ताविक कृषक सम्म नपुग्ने गरेको कृषकहरुको गुनासो रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D