gulminews logo
मंगलवार, २०८१ बैशाख १८

बिष्णु खत्रीको नयाँ लोकगित ‘झरनाको पानी’

थम्मन थापा
नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वम बाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन ।

आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले विदेशमा नेपालीको पिडा, माया प्रेम सँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं २०५७/०५८ तिरबाट गीत संगीतमा लागेका खत्रीको अहिले विल्कुलै नयाँ गीत ‘झरनाको पानी’ बजारमा ल्याएका छन् । आफनै युट्युव च्यानल Bishnu Khatri मार्फत उक्त गीत उनले रिलिज गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ । माया प्रेमको कथावस्तु समेटेर तयार पारिएको गीतको शव्द पनि निकै मर्मस्पर्शी छ ।

झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी यहाँ, कोहीको छैन भन्छन्
केटा : हामलाई हेर्दै घामले एकछिन डुब्न बिस्र्या रैछ
जुनले हेर्नै सकेन रे कम्ता इश्र्या रैछ
केटी : मन परेको मान्छे तिमी पाएको छु साथमा
पाए जस्तै भाछ मलाई आकाशको जुन हातमा

बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलको एरेञ्ज गर्नुभएको यस गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको थियो । चर्चित निर्देशक शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय छ । यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D