हुमाकान्त पोखरेल
गुल्मी, ०९ असौज । देशभर डेङ्ग्यु फैलिरहेका बेला गुल्मीमा पनि डेंगु बिरामी फेला परेका छन् । जिल्लाको सत्यवती गाउँपालिका स्थित जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार डेंगुका बिरामी फेला परेका हुन् ।
जसमा सत्यवती गाउँपालिका ५ का १२ बर्षिय बालक, सत्यवती ६ का ३६ बर्षिय एक महिला तथा चन्द्रकोट गाउँपालिका ७ का ६० बर्षिया बृद्धमा उक्त रोग फेला परेको स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालले जानकारी दिईन् । त्यस्तै रुपन्देही बुटबल उपमहानगरपालिका १३ का ३५ र २८ बर्षिया पुरुषलाई पनि डेङ्ग्यु रोग फेला परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेले जानकारी दिए ।
बुटबलका दुई पुरुष आफन्तकोमा सत्वती आएको बेला डेङ्ग्यु फेला परेको पाण्डेले जानकारी दिए ।