Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घास बजारमा बिभिन्न ठाउँमा सिसीटिभी जोडीने, गण्डकी बैंकले गर्‍यो सहयोग - Gulminews

तम्घास बजारमा बिभिन्न ठाउँमा सिसीटिभी जोडीने, गण्डकी बैंकले गर्‍यो सहयोग

अनिल खत्री
२ साउन, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान हुने भएको छ । रेसुङ्गा नगरपालिकाको तम्घास बजारका बिभिन्न स्थानमा सम्बेदनशिल क्षेत्रहरुमा सिसीटिभी क्यामरा जडान हुन भएको हो ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गर्न लागिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाको सक्रियतामा जडान हुने भएको हो ।

बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका बिभन्न बैक तथा बित्तिय संस्थाहरुले आर्थिक सहयोग गर्ने भएका छन् । क्यामरा बैकले सहयोगको सुरुवात गरेका छन् । शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पुराउन सिसीटिभी जडान कार्यको लागी गण्डकी विकास बैंक लिमिटेड तम्घास शाखाले सहयोग गरेको छ ।

बिहिवार बैंकका शाखा प्रबन्धक कालिदास पान्डेले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो । बैंकले संस्थागत सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकतादिदै सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिकसहयोग गर्दै आएको बैंकका शाखा प्रमुख पाण्डेयले बताउनु भयो ।

प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र पहिलो चरणमा झण्डै १ दर्जन स्थानमा सिसीटिभी क्यामरा जडान हुन लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । बजार क्षेत्रमा गरिने सिसीटिभी क्यामरा जडानले अपारध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय गर्न ढुक्कसँग गर्न पाउने व्यवस्था मिलाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताउनु भयो ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D