gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मध्यपहाडीलाई लक्षित गरि तिलाचन धुरीमा टेलिकमको सेवा

कौरव खत्री
बागलुङ १३, कार्तिक । रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरी । त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन । त्यहाँ पुग्ने जो कसैको प्राकृतिक सुन्दरता र मनोरम दृश्यले मन लोभाउने गरेको छ ।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिम भुभागमा कालोपत्रे भए सँगै त्यस क्षेत्रमा मानिसको चहलपहल समेत ह्वात्तै बढेको छ । समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपुर्ण रमणिय स्थलको रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ ।

३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेख्य वृद्वि भएको छ । पहिले पहिले त्यस क्षेत्र आसपासमा गाईभैंसी, भेडाबाख्रा र चराचुरुङगीको मात्र आवाज सुन्न पाईन्थ्यो । पातीहाल्ने नामले परिचित उक्त ठाउँ बागलुङ, पुर्वी रुकुम र रोल्पाका गोठालाहरुको भेटघाट हुने विन्दु र बासस्थान समेत हो ।

आधा दशक अगाडी सम्म पशु चौपाया र सिमित गोठालाहरु भेटिने त्यस ठाउँमा मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती सँगै अहिले त्यहाँ गाडी र मानिसको भिडभाड बढन थालेको छ । त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानियबासीलाई लक्षित गरि नेपाल टेलिकमले पहिलो पटक मोवाईल सेवा सञ्चालनमा ल्याएको छ ।

बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरि मोवाईल सेवा टुजी र फोर जी एक साथ शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्ती सँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको शर्माले बताए ।

त्यस्तै त्यस क्षेत्रमा पहिले मोवाईल सेवा थिएन जसका कारण त्यहाँका स्थानियबासी,मध्यपहाडी लोकमार्गको निसी भल्कोट देखि पुर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोवाईल र ईन्टरनेट सेवाबाट वञ्चित थिए । अहिले मोवाईल सेवा सुचारु भएसँगै उक्त क्षेत्रलाई सञ्चारमा सुगम बनाएको शर्माको भनाई छ ।

उक्त क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको र मध्यपहाडी लोकमार्ग भएर धेरै मानिसहरु ओहोरदोहोर गर्ने भएकाले टेलिकमले उक्त कुरालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको जनाएको छ । मोवाईल सेवा सञ्चालनमा आएसँगै फोनमा कुराकानी गर्न र मोवाईल डाटा मार्फत उच्च गतिको फोर जीको ईन्टरनेट सेवा प्रवाह भईरहेको छ ।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानीयको सहकार्यमा सेवा पुराउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।अहिलेको डिजिटल युगमा मोवाईल प्रयोगकर्तालाई सहजता प्रदान गर्न टेलिकमले मध्यपहाडी लोकमार्गबाट १ घण्टाको उकालो गोरेटो बाटोमा घोडा खच्चड मार्फत उपकरण र सामाग्री ढुवानी गरेर त्यहाँ मोवाईल सेवा पुराएको अध्यक्ष पौडेलको भनाई छ ।

सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेका सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको बताएको छ ।टेलिकमको सेवा सुचारु भएसँगै स्थानीय र त्यहाँ पुग्ने पर्यटक खुसी भएको पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । उक्क्त ठाउँमा अहिले पनि विद्युत सेवा पुगेको छैन । जसका कारण टेलिकमले टावरमा उच्च क्षमताको सोलार सेट जडान गरि टावर सञ्चालन गरेको छ ।

मोवाईल सेवा पुगेपछि मध्यपहाडी लोकमार्गसँगै त्यहाँ पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानीयबासीहरु मोवाईल सेवाबाट लाभान्वित भएका छन ।सेवाग्राहीप्रति उत्तरदायी भूमिका निर्वाह गर्न टेलिकमले आफनो सेवा विस्तार र गुणस्तरिय सेवा उपलब्ध गराउने कार्यलाई तिव्रता दिएको छ

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D