gulminews logo
बुधबार, २०८१ बैशाख १९

मालिकामा टेलिफोन टावर जडान: थ्रीजी सुचारु, फोरजी सन्चालन गर्ने तैयारी

मनोज कार्की
गुल्मी, असार २५ । गुल्मी मालिका गाउँपालिका ५ छापहिलेकी २६ वर्षीया जालिका महतारा आफन्तसंग कुराकानी गर्नकै लागि अर्को गाउँ धाउनु पर्थ्यो । उनिसँग मोबाईल र सिमकार्ड त थियो तर टावर थिएन । बर्षौ देखि नेटवर्कको समस्याले आफन्तलाई फोन गर्नेको लागि आफ्नो गाउँछाडी अरु गाउँ अथवा केहि समय कुरेर डाँडा चहार्दै हातमा मोवाईल बोकेर हिँड्नु पर्ने अबस्था थियो । उनले बर्षौ देखि भोग्दै आएको पिडाले आफुलाई छोड्ला भन्ने सम्म पनि कल्पना गरेकी थिईनन् । तर मालिका गाउँपालिका जनप्रतिनिधि कर्मचारी र स्थानियको पहलमा टावर निर्माण हुदाँ यति बेला जालिका मात्र नभई सिङ्गो गाउँ नै दङ्ग परेको छ । महतारा अहिले आफ्नो श्रीमान् तथा आफन्तजनसंग घरमै बसि फोन गर्ने पाउँदा खुसिले गदगद भएकी छिन् ।

महतारा मात्र होइन गाउँका रमेश बिक पनि टावर बनेपछि सहर बस्दै आएका छोराछोरी तथा नातेदारसंग सजिलै कुरा गर्ने पाएको बताउँछन् । यसरी टावर निर्माण गरि मोवाईलमा टावर आउँदा स्थानियले गाउँपालिका र नेपाल टेलिकमलाई समेत धन्यबाद दिएका छन् ।

स्थानिय हर्षित

मालिका गाउँपालिका वडा नं ४ अर्खाबाङ्गमा नेपाल टेलिकमको टावर निर्माण गरि सुचारु भएपनि स्थानियमा खुसि पलाएको छ । सरकारले डिजिटल नेपाल भन्ने नारा बोकेता पनि यो ठाउँमा आखाँ लगाएकै थिएन् । तर पछिल्लो समयमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगाएत स्थानियले बारम्बार फोन गरेपछि टेलिकमको ध्यान पुगेको मालिका गाउँपालिकाले जनाएको छ । पछिल्लो समय नेटा, दर्लिङ्ग, ह्वाङदी, अर्खाबाङ्ग, छापहिले लगाएतका स्थानियले आफन्तजन संग घरमै बसि फोन गर्ने पाएका छन् । टेलिकमले थ्री जी संचालनमा ल्याएपनि अभिभाबकले इन्टरनेटको सहयोगमा नयाँ नयाँ कुरा सिकाउन थालेका छन् ।

समयमै काम गर्ने सकिएन: प्रमुख सापकोटा

टावरको कामलाई समयमै गर्ने नसकिएको नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले बताएका छन् । देशमा बिश्वब्यापी रुपमा फैलिएको कारोना भाईरस अर्थात् कोभिड १९ र बर्षाका कारण काममा ढिला भएको सापकोटाको भनाई छ । देशैभर बिद्यार्थीहरुका लागि नेट इन्टरनेटको माध्यमबाट बैकल्पिक शिक्षा पद्धति लागु गर्ने घोषणा गर्यो तर त्यहाँ बिधार्थीहरु शिक्षाबाट समेत बन्चित हुनु पर्ने अबस्था छैन ।

भवन, मोटरबाटो र बिद्युतको प्रबन्ध मिलाइदियो: गाउँपालिका

आर्थिक बर्ष ०७४।०७५मा मालिका गाउँपालिकाका जनप्रतिनिधिले सुचना संचारको पहुँचबाट नागरिकलाई नजिक ल्याउनको लागि नेपाल टेलिकमसंग सहयोग मागी टेलिकमसगँ सहकार्य गरी गाउँपालिकाले ३ लाखमा भवन निर्माण, ५० हजार लगानीमा गाउँपालिका देखि टावर राख्ने ठाउँसम्म जानको लागि मोटरबाटो निर्माण देखि बिद्युत सम्म ब्याबस्था मिलादिएको छ । टेलिकमसंग सहकार्यगरी फोरजी सेवा सुचारु गर्ने तयारीमा जुटेको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

यो पनि पढ्नुस्

गुल्मी सहित ८ जिल्लामा इन्टरनेट जोड्ने ठेक्का रद्द गर्न भन्दै वर्ल्डलिंकले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं, साउन २७ । नेपाल दूरसञ्चार प्राधिकरणले गुल्मी सहित ८ जिल्लाका सामुदायिक निकायहरूमा इन्टरनेट जडान

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D