अनिश शर्मा गैरे
गुल्मी, १७ असार । बडिगाड गाँउपालिका १० दर्लिङ्गका एकै परिवारका तीन जना अपाङ्ग छोराछोरी भएको रुपन कामीको परिवारलाइ एक लाख ३० हजार रुपैँया सहयोग हस्तान्तरण गरिएको छ ।
रुपनका चार छोराछोरी हुन् जसमध्ये तीन जना पुर्ण रुपमा अपाङ्ग रहेका छन् । एउटी छोरी त झन् बिस्तारामै दिसा-पिसाव गर्छिन् । बाबुले अँगालेको आरन पेशाले खान राम्रोसँग पुग्दैन । सो परिवारमा गुल्मीका फोटो व्यवसायी तथा युट्युबर रविलाल पौडेल, देविराम घिमिरे र बाग्लुङ्गका फोटो व्यवसायी जीवन पाण्डे सहितको टोली पुग्दा निकै दु:ख लाग्दो अवस्था देखे । उनीहरुले त्यो परिवारका बिचल्ली युट्युव मार्फत सार्वजनिक गरेका थिए । युट्युवमा उनीहरुको कथा देखेपछि करिब १ लाख ३० हजार रुपैया संकलन भएको छ ।
ति फोटो व्यवसायीको टोली उक्त परिवारको घरमै पुगी एक लाख २८ हजार ३ सय रुपैया हस्तान्तरण गरिएको हो । करिब ९ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ भने १९ हजार ४ सय रुपैँया घरमै नगद हस्तान्तरण गरिएको सहयोग संकलनका नेतृत्वकर्ता रविलाल पौडेलले बताए । साथै प्रभु वैंकमा खाता खोली मुद्धती खातामा १ लाख रुपैया राखिएको छ ।
हाल क्यानडामा रहेका वामीका हिरामणी सापकोटाले ९० हजार रुपैँया, रुसमा रहेका भुवाचिदी निवासी पशुपती घिमिरेले ५ हजार ५ सय रुपैँया, हाल हङकङमा रहेका शंकरनगर वुटवल निवासी बिष्णु थापाले ५ हजार रुपैँया, धादिङ घर भई दुवईमा रहेका भिम ब. खड्काले ५ हजार ५ सय ७२ रुपैँया, ईजरायलमा रहेका थेर्सिङ्ग शेर्पाले ५ हजार रुपैँया, न्युजिल्याण्डमा रहेका प्रकाश खरेलले ५ हजार रुपैँया र भिमगिठे बाग्लुङ्गका जीवन पाण्डेले ९ हजार ४ सय रुपैँया सहयोग गरेका छन् ।
त्यस्तै रविलाल पौडेलले गाडीभाडा सहित ३ हजार सहयोग गरेका थिए ।
हेरौँ सहयोग हस्तान्तरणको भिडियो: