Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कालीगण्डकी गाउँपालिकामा एचआइभी एड्सका बिषयमा प्रशिक्षण - Gulminews

कालीगण्डकी गाउँपालिकामा एचआइभी एड्सका बिषयमा प्रशिक्षण

टोपलाल अर्याल
गुल्मी, ३१ जेठ । कालीगण्डकी गाउँपालिकाका महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि एचआइभी एड्सका बिषयमा प्रशिक्षण दिइएको छ । हाम्रो जीवन प्लसको आयोजना तथा कालीगण्डकी गाउँपालिकाको आर्थिक सहयोगमा पुर्तिघाटमा सचेतना कक्षा संचालन गरिएको थियो । गाउँपालिका उपप्रमुख तारा थापाले कार्यक्रमको उद्घाटन गरिन् ।

कार्यक्रमलाई संबोधन गर्दै थापाले महिला स्वयंसेविका मार्फत समुदायमा धेरै खाले स्वास्थ्यका कार्यक्रम संचालन गर्न सकिने भएकाले एचआइभी एड्सका बिषयमा गाउँपालिकाले यो कार्यक्रम संचालन गरेको बताइन् । त्यस्तै उनले कालीगण्डकी गाउँपालिका बजेट र योजना निर्माणको चरणमा रहेकाले महिला स्वयसेविकाहरुले पनि उपयुक्त प्रस्ताव पेश गर्न आग्रह गरिन् ।

हाम्रो जीवन प्लसकी अध्यक्ष सावित्रा ज्ञवालीले घृणाको दृष्टिकोण समुदायमा बिद्यमान भएकाल एचआइभी एड्स संक्रमित पर्दा पछाडी रहेको बताइन् । उनले बजेट अभावको कारण संक्रमितहरुलाई उचित सेवा र संरक्षण प्रदान गर्न गाह्रो भएको बताइन् । उनले अहिले जिल्लाका अधिकांश स्थानमा एचआइभी एड्सको परिक्षण नभएकाले संक्रमितहरु लुकेका हुनसक्ने अवगत गराइन् । ज्ञवालीले एचआइभी एड्स लागेका व्यक्तिहरु बाहिर नआउनुनै संक्रमण बढ्दै जानु भएकाले स्थानीय सरकारहरुले योजना बनाएर अगाडी बढ्नुको बिकल्प नरहेको बताइन् ।

कार्यक्रममा प्रशिक्षक अर्जुन भण्डारीले एचआइभी एड्स के हो ? संक्रमण, त्यसको अवस्था, समुदायमा परेको प्रभाव र महिला स्वास्थ्य स्वयंसेविकाको भुमिकाका बिषयमा प्रशिक्षण दिएका थिए । बिस २०६४ सालमा स्थापना भएको हाम्रो जीवन प्लसले एचआइभी एड्स संक्रमितहरुको लागि हेरचाह, आय–आर्जन तथा पुर्नस्थापना र बालबालिकाको लागि पोषण, शिक्षा लगायतका काममा सहयोग प्रदान गर्दै आएको कार्यक्रम संयोजक बिमल छन्तेलले बताए ।

गुल्मीमा दुई सय ७८ जनामा एचआइभी संक्रमण भेटिएको छ । संक्रमित मध्ये एक सय ५९ महिला र एक सय १९ पुरुष छन् । हाम्रो जीवन प्लस गुल्मीका अनुसार सबैभन्दा बढी सत्यवती गाउँपालिकामा २८ महिला र २३ पुरुष गरी ५१ जना संक्रमित छन् । मुसिकोट नगरपालिकामा २१ महिला र १५ पुरुष गरी ३६ जना, रेसुंगा नगरपालिकामा १४ महिला र १५ पुरुष गरी २९ जनामा संक्रमण देखिएकको संस्थाले जनाएको छ ।
गुल्मीदरबार गाउँपालिकामा ११ महिला र पाँच पुरुष गरी १६ जना, छत्रकोट गाउँपालिकामा २६ महिला र १२ पुरुष गरी ३८ जना, रुरु गाँउपालिकामा १६ महिला र ११ पुरुष गरी २७ जनामा संक्रमण देखिएको हाम्रो जीवन प्लसको कार्यक्रम तथा बित्त अधिकृत दया सागर विकले बताए । त्यस्तै मदाने गाउँपालिकामा पाँच महिला र छ पुरुष गरी ११ जना, चन्द्रकोट गाँउपालिकामा नौ÷नौ जना महिला र पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ ।

इस्मा गाँउपालिकामा आठ महिला र सात पुरुष गरी १५, धुर्कोट गाउँपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना, मालिका गाउँपालिकामा आठ महिला र छ पुरुष गरी १४ जना, कालिगण्डकी गाउँपालिकामा एक जना महिलामा एचआइभी संक्रमण देखिएको विकले जानकारी दिए । उनका अनुसार जिल्लामा १६ बर्षभन्दा मुनिका २६ जना एड्सबाट संक्रमित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D