कृषकलाई अनुदानमा जिप दिइयो, २०० कृषक लभान्वित हुने

सन्तोष महतारा
गुल्मी, जेठ २५ । प्रधानमन्त्री आधुनिकरण जोन परियोजना अर्घाखाँचीले कुषकहरुलाई अनुदानमा जीप वितरण गरेको छ । कुषकहरुको संगठित संस्था छत्रदेव गाउँपालिका ७ वनेका पखेरीमा रहेको श्री शुभ प्रभात कृषि सहकारी संस्थालाई जीप वितरण गरेको हो ।

अब सोहि जीप मार्फत अर्घाखाँची ढिकुराका करिब दुई सय कुषकलाइ राहत मिल्ने छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलले जानकारी दिनुभएको छ ।
अब कृषक गुल्मी सदरमुकाम तम्घासमा कृषि उपज बिक्रि वितरणको लागि महङ्गो भाडा तथा अरु गाडी खोज्न नपर्ने भएको छ ।

जीप ७० प्रतिशत अनुदानमा संस्थालाई दिइएको छ । २२ लाख पर्ने जिप संस्थालाई ६ लाख ८२ हजार दुई सय २२ मा दिइएको संस्थाका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले कार्यक्रम समुद्घाटन गर्दे गाडीले कुषकलाई धेरै राहात दिएको र कृषिमा लाग्न प्रेरित गरेको भन्दै प्रधानमन्त्री आधुनिकरण जोन परियोजना अर्घाखाँचीलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D