खोप सम्बन्धी चार दिने तालिम सम्पन्न, गुल्मीका ५० बढी स्वास्थ्यकर्मी लाभान्वित

तिलाचन पाण्डे
गुल्मी, बैशाख २३ । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा खोप, कोल्डचेन व्यवस्थापन र एईएफआई, सर्भिलेन्स सम्बन्धी ४ दिनसम्म सञ्चालन भएको आधारभूत तालिम सम्पन्न भएको छ ।

पहिलो चरण १६ गते देखि १९ गतेसम्म र दोस्रो चरण २० गतेदेखि २३ गतेसम्म गरि दुई चरणमा सम्पन्न तालिममा नयाँ तथा तालिम नलिएका खोप सेवा दिने स्वास्थ्यकर्मीहरुलाई खोप सेवाबारे जानकारी गरार्इ क्षमता अभिबृद्धि गरी गुणस्तरीय खोप सेवा दिने उद्देश्यले तालिम सञ्चालन गरीएको हो । सीपमा आधारित यो तालिममा स्वास्थ्यकर्मीलाई खोप दिने तरिका,खोप ढुवानीमा अपनाउनु पर्ने सतर्कता, खोप संचालन तथा फोहोरमैला व्यवस्थापन, खोप दिने र दिइसकेपछि सम्बन्धित व्यक्तिलाई परामर्श दिने, खोपका नकारात्मक प्रभाव उत्पन्न भइहाले तिनको व्यबस्थापन गर्ने तरिका जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

तालिममा विश्व स्वास्थ्य संगठन आईपिडी कार्यालय, बुटवलका सिनियर मेडिकल अफिसर डाक्टर रामु शर्मा, जिल्ला खोप सुपरभाइजर श्याम पोख्रेल र गौंडाकोट स्वास्थ्य चौकी प्रमुख बोम अर्यालले प्रशिक्षण दिएका थिए । गुल्मी जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका अन्तरगतका स्वास्थ्य चौकीका खोप सम्बन्धी ५० भन्दा बढी स्वास्थ्यकर्मीले तालिम लिएका छन् । समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख दिपक खनालले तालिम लिइसके पछि स्वास्थ्यकर्मीहरुबाट प्रदान गरिने खोप सेवामा गुणस्तरको अभिबृद्धि हुनुको साथै स्वास्थ्यकर्मीले अपनाउनु पर्ने निश्चित सावधानी तथा रेकर्डिङ रिपोर्टिङमा अझ बढी विश्वस्नियता बढ्ने र स्वास्थ्यकर्मीलाई जुनसुकै बेला समस्या परेमा आफुहरुको पूर्ण सहयोग रहने कुरा बताउनु भएको थियो।

तालिममा सहभागीहरुको तर्फबाट बोल्दै अहेव रामकृष्ण कडेलले आफुहरुले लिएको खोप तालिम अपेक्षा गरे भन्दा पनि बढी उपलब्धिमुलक भएको र तालिममा सिकेका कुराहरु ब्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता खालका तालिमहरु प्रदान गर्नुपर्नेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नुपर्ने बताउनुभएको थियोे । कार्यक्रमको संचालन खोप सुपरभाइजर श्याम पोख्रेलले गर्नुभएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ