चन्द्रकोट गाँउपालीकामा पशु स्वास्थ्य शिविर: झन्डै ३ हजार पशुपंक्षीलाई खोप तथा औषधी दिईयो

गुल्मी, बैशाख १९ । चन्द्रकोट गाँउपालीका गुल्मीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुमा देखिने बिभिन्न संक्रमण र रोग लाग्न नदिन पशु स्वास्थ्य शिबिर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरबाट एक सय ८० जना कृषक लाभान्वित भएका छन् । बिहीवार सम्पन्न भएको १ दिने पशु स्वास्थ्य शिबिरमा १ सय ८० जना कृषकका ३ सय ३४ वटा भैँसी तथा पाडा, ४४ वटा गाइ, ५ सय २६ वटा बाख्रा, १ हजार ८ सय ३ वटा कुखुरा र ३९ वटा बगुंरलाई बिभिन्न प्रकारका खोप र औषधि दिइएको थियो ।

सोहि शिविरमा ५२ वटा कुकुर र २ वटा बिरालोलाई रेविज बिरुद्धको खोप लगाइएको छ ।

शिबिरको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले सेवाग्राहीलाई पशुको औषधि प्रदान गरि उद्धघाटन गर्नुभएको पशु शाखाका प्रमुख बसन्त रावतले जानकारी दिनुभएको छ ।

चन्द्रकोट गाँउपालिकामा पछिल्लो समय व्यवसायिक पशुपालक कृषकको संङख्या बढ्दै गएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D