gulminews logo
शनिबार, २०८१ बैशाख १५

घुम्टे युवा परिवारद्वारा होली मेलाको तयारी तिव्र

कौरव खत्री
बागलुङ, २६ फागुन । बागलुङक स्थित घुम्टे युवा परिवार गलकोटले आफ्नो परम्परागत होली मेलाको तयारी तिव्रताका साथ अगाडी बढाएको छ ।

आउँदो चैत ३गते देखि ६ गतेसम्म सञ्चालन हुन गईरहेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलालाई व्यवस्थित गदै सभ्य र भव्य बनाउनको लागि आज अर्थात आइतवार छलफल गरिएको छ ।

बैठकमा आजसम्म संस्थाको प्रगतिका बारेमा संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी गराएका थिए । साथै संस्थाको कार्यालय मल्म सप्ताहघाटमा सम्पन्न बैठकले कार्यालय आसपासमा सिसिटिभी क्यामेरा जडान गर्ने, मेलामा आयोजित कार्यक्रमहरु व्यवस्थापन गर्ने, प्रमुख अतिथि सहित अतिथि स्वागत सत्कार, कलाकार, पत्रकार, खेलाडी स्वागत सत्कार, मेलामा शान्ति सुरक्षा,उपसमितिहरुको कार्य विभाजन तथा सम्पादन, प्रायोजक तथा सहयोगदाताको जानकारी, प्रचार प्रसारलाई तिव्रता दिने लगायतका निर्णय गरेको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए ।

त्यस्तै विभिन्न विधामा अभिनन्दन गर्न लागिएका व्यक्तिहरु, शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरिने परिवार तथा विद्यार्थीलाई जानकारी गराउने, मेलामा स्थानिय झाँकी खेलकुदय विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सँगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने घुम्टे युवा परिवारले जनाएको छ । होली मेलामा समुदघाटनको अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र समापन समारोहमा गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहने संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले जानकारी दिए ।

बैठकमा कार्य समिति, संस्थाका सल्लाहकार तथा विभिन्न उपसमिति एंव युवाहरु लगायतको उपस्थिति रहेको थियो । बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D