कमल पौडेल
बाग्लुङ, १ असार । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा गल्कोट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा उद्घोषण, पत्रकारीता र नेतृत्व विकास सम्बन्धि आधारभुत तालिम रिघामा सम्पन्न भएको छ ।
६० जना स्थानिय युवाहरुको सहभागिता रहेको तालिम २ दिन सम्म चलेको थियो सो तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले युवाहरुलाई सकारात्मक सोच र उत्प्रेरणाका साथमा अगाडि वढ्न आह्वान गर्नुभएको छ। तालिमले व्यावहार परिवर्तन गर्न सक्नुपर्ने भन्दै २ दिनको सिकाइलाई कार्यान्वयन गर्न सहभागि लाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडा सचिव डिल वहादुर श्रीस, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तथा प्रशिक्षक कमल पौडेल, सहभागिको तर्फबाट लाल वहादुर नेपाली र भिमा राना लगाएतले वोल्नुभएको थियो ।
कार्यक्रम जनजाती महासंघका उपाध्यक्ष ओम प्रसाद घर्तिको अध्यक्षता, सहसचिव पूर्णा रानाको स्वागत मन्तव्य तथा सपना विकको संचालनमा सम्पन्न भएको थियो ।