gulminews logo
शनिबार, २०८१ बैशाख ८

५० बर्ष पहिला मजुवामा हवाईजहाज अवतरण गर्दाका दुर्लभ फोटोहरु

सन्जु काउछा
ईतिहासका पानाहरु पल्टाएर हेर्दा आफ्नै घर आगनका कुराहरु हामी कतिलाई थाहा नहुन सक्दछ । यसै सन्दर्भमा सन् १९६६ (बिंस. २०२२) तिर गुल्मी क्षेत्र न १ का गुल्मेलीहरुलाई सदरमुकाम तम्घासको पहुच सजिलो होस् भन्ने हेतुले मजुवा स्थित बडिघाट खोलामा American Peace Corps Volunteers हरुको सहयोगमा पुल निर्माण गरिएको थियो ।

सो पुलको उद्घाटनको लागी तत्कालिन रक्षामन्त्री गिरी प्रसाद बुढाथोकी तथा Peace Corps Director Of Nepal, Mr. Geogre Zeidenstein नव निर्मित पुलमा हिँडेर उत्घाटन गर्नु भएको थियो । यस पुल निर्माणमा कार्यरत Peace Corps Volunteers का लागी चाहिने अतिअवाश्य्क बस्तुहरु साथै कर्मचारीहरु काठमाडौँ देखि ओहोरदोहोर गर्न पुलको नजिकै रहेको खुल्ला बगरमा Short take off and Land (STOL) को लागि प्रयोग हुने गरे धावनमार्ग तयार पारी यसमा हवाई जहाज अवतरण गर्ने काम प्रसस्तै गरिएको बुढापकाहरु बताउँछन् ।

हेरौँ सो बेला मजुवामा निर्माण गरिएको झोलुङ्गे पुल, पुल निर्माणको क्रममा सामान तथा कर्मचारी ओसारपसार गर्न बडिघाट खोला छेउको भुझुङ्गे बगरमा अवतरण गरिएको हवाईजहाज र पुल माथि घोराहाको भिरनिर उड्दै गरेको हवाईजहाज साथमा मजुवा स्थित बडिघाट खोलामा बि.सं. २०२२ सालमा निर्मित झोलुङ्गे पुल उद्घाटनका केही फोटोहरु:
(फोटोहरु खुलेनन् भने मोबाईलबाट वा कुनै अर्को ब्राउजर मार्फत प्रयास गर्नुहोला ।)

Date: 1966 Location: Turang, Gulmi Description: Take Off of STOL (Short Take Off and Land) aircraft from the Badhighat riverbed runway at Majuwa Bazar after delivering medicine and other supplies.

Date: 1966 Location: Turang, Gulmi Description: Take Off of STOL (Short Take Off and Land) aircraft from the Badhighat riverbed runway at Majuwa Bazar after delivering medicine and other supplies.
Date: 1966 Location: Turang, Gulmi Description: Take Off of STOL (Short Take Off and Land) aircraft from the Badhighat riverbed runway at Majuwa Bazar after delivering medicine and other supplies.
Date: 1966-09-07 Location: Turang, Gulmi Description: The Peace Corps Director of Nepal, George Zeidenstein, crossing the Badhighat bridge during its dedication ceremony at Majuwa Bazar. He was in attendance from Kathmandu, since the bridge was built using Peace Corp volunteers in addition to local Nepalis.
Date: 1966-09-07 Location: Turang, Gulmi Description: The Nepali Minister of Defense, Giri Prasad Budhathoki, a native of nearby Bharse, Gulmi, was in crossing the Badhighat River bridge during its dedication ceremony at Majuwa Bazar.
Date: 1966 Location: Turang, Gulmi Description: Badhighat River bridge nearing completion at Majuwa Bazar. The STOL (Short Take Off and Land) riverbed runway, which is up river from the bridge, was built to allow aircraft landings for delivering bridge building material and allow exchange of engineering and construction workers.

माथिका सबै तस्बिरहरु David Filkin ले खिच्नुभएको हो । तस्बिरहरुको क्याप्सन उल्था नगरी जस्ताको तेस्तै अङ्रेजिमा राखिएको छ ।
Disclaimer: Gulminews does not hold copyrights for the pictures and texts. All Above photos were taken by David Filkin in 1966.
तपाईंहरुसँग पनि आफ्ना गाउँ ठाउँका यस्तै पुराना तस्बिरहरु छन् भने हामीलाई [email protected] वा तल कमेन्टमा पठाउन नभुल्नुहोला ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D