gulminews logo
शुक्रबार, २०८० चैत्र १६

२ हजार रुपैँयाको चिया पसलबाट दुई वटा घडेरी, आय आर्जनमा सघाउँदै लघुबित्त

प्रेम सुनार
गुल्मी, जेठ २३ । आज भन्दा १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली वसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधीमा राम्रो कमाई गरेकी छन भने अहिले उनको चिया पसल होटलमा परिणत भई राम्रो आम्दानी गर्दै आएको छ ।‘ २०६५ सालमा जम्मा दुई हजारबाट चिया पसल सुरु गरेकी हुँ’ पन्थले भनिन्, ‘अहिले सम्मको कमाईले ४० लाख पर्ने बुटवलमा एउटा घडेरी र हालै १२ लाखमा अर्को घडेरी किनेकी छु । ’

उनले विभिन्न वचत समुहसंग आवद्ध भई ऋण लगानी गरी दिएकोले आफु यो स्थान सम्म आई पुगेको बताईन् । पछिल्लो चरण २०७२ साल देखि स्वदेशी लघु वित्त वित्तिय संस्था लिमिटेडले आवश्यक मात्रमा ऋण लगानी गरी दिएको र त्यसले ब्यवसाय ह्वात्तै बढेकोले आफु वुटवलमा दुई वटा घडेरी किन्न सफल भएको बताईन ।

श्रीमान् र दुई छोरा छोरी सहित होटल सञ्चालन गरेकी उनले दुवै छोरा छोरीलाई उच्च शिक्षा अध्यान गराउँदै गरेको बताईन । “कुनै दिन समुहको ऋण तिर्न नसकेर थाल खाउँकी भात खाउँ समेत भईयो”, उनले थपिन्, “अहिले बैंक ब्यालेन्स र अन्य सवै कुरा राम्रै छ ।”

सुनसरी–८ ईटहरीमा प्रधान कार्यालय रहेको सो संस्थाले गुल्मीको दिगाममा शाखा स्थापना गरेपछि हाल सम्म छत्रकोट र रुरु गाउँपालिका भित्रका पन्थ जस्ता ६० जना महिलालाई , कृषि , पशुपालन र अन्य ब्यवसायमा समुह गठन गरेर मासिक वचत र ऋण लगानी गर्न थालेपछि उनिहरु सवै जनाले आफुहरु अव घरयासी खर्चका लागि श्रीमानको मुख ताक्न नपर्ने गरी आत्मानिर्भर बनेको बताए ।

रुरु गाउँपालिका वलेटक्सार पानी ट्याङकी निवासी मिना नेपाली उनका श्रीमान अमर नेपाली दलालले रशियाको राम्रो रोजगार मिलाई दिन्छु भन्दै पठायो र दुई महिनामै फर्किनु प¥यो । त्यसबाट ८ लाख ऋणको भारीले पिल्सीएकी उनले सोही संस्थाबाट ऋण लगानी पाए पछि पसल सञ्चालन गरिन र उनै वैदेशिक रोजगार पिडित श्रीमानलाई वङ्गुर पालनमा लगाईन ।

२०७१ साल देखि हाल सम्म उनिहरुले त्यो आठ लाख ऋण तिरी सकेर ब्यवसायी उक्साउँदै लगेको नेपालीले बताईन । सवै महिलाहरु ब्यवसायमा सफल भएको देखेपछि आफु पनि छोरा छोरीको भविश्यका लागि छत्रकोट–४ की कमला अर्यालय पनि हालै त्यस संस्थामा सहभागी भएको बताईन ।

छत्रकोट १ हुँगाकी टोपला सारुले अहिले त्यस संस्थामा आवद्ध महिलाहरु ऋाफैले घर चलाउन सक्ने अवस्थामा पुगेको बताउँ छिन् । सो संस्थाले दिगाम शाखामा बुद्धवार आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी–२०७५ मा सहभागी सवै महिलाहरुले आफुहरु कृषि, पशुपालन र विभिन्न ब्यवसायबाट आत्मनिर्भर भई सकेको बताए । कार्यक्रमको अध्यक्षता गरेकी छत्रकोट ४ की राधिका कँडेलले आर्थिक रुपपले मात्र आफुहरु अगाडी नपढेर चेतनाको दृष्टिले समेत अगाडी रहेको बताईन ।

सो शाखा प्रमुख हेमराज अवस्थीले आफु सुरुमा आउदा यहाँका महिलाको अवस्था र अहिलेकोमा धेरै अन्तर भएको बताए । सो संस्थाका केन्द्रिय प्रतिनिधी दिपक काउचाले देशका ४७ जिल्लामा शाखा स्थापना भई यस्ता कार्यहरुको भई रहेको बताए । उनले गुल्मीको दिगाम शाखामा मात्र दुई करोड भन्दा बढि ऋण लगानी भई सकेको र महिलाहरुले हाल सम्म ७३ लाख बचत गरी सकेको बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D